नेपालमा बिहीबारभन्दा आज ३०३ सक्रिय सङ्क्रमित घटे

काठमाडौं- देशभरमा बिहीबारभन्दा आज ३०३ सक्रिय सङ्क्रमित घटेका छन् ।
पछिल्लो २४ घण्टामा एक हजार २७२ जना सङ्क्रमित हुँदा एक हजार ५७५ जना सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम भएको छ ।
थपिएका सङ्क्रमितमध्ये पुरुष ७८८ र महिला ४८४ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय सङ्क्रमणमुक्त भएका एक हजार ५७५ समेत गरी आजसम्म दुई लाख २१ हजार ८४७ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
अहिले निको हुने दर ९२ दशमलव नौ प्रतिशत रहेको छ ।
आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार १४ रहेको मन्त्रालयले जनाएको छ ।
पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ ।
योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख ३८ हजार ८६१ पुगेको छ ।
काठमाडौँ उपत्यकामा आज ६०६ सङ्क्रमित थप भएका छन् ।
जसमध्ये ३५९ पुरुष र २४७ महिला रहेका छन् ।
उपत्यकामा हाल काठमाडौँमा पाँच हजार ९९६, ललितपुर एक हजार २५५ र भक्तपुरका ५४० सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी आठ हजार ३१ नमूना परीक्षण भएको थियो ।
हालसम्म १७ लाख ७१ हजार ९५० नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ६० हजार ७२१ परीक्षण भएको बताइएको छ । हालसम्म पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ ।
सक्रिय सङ्क्रमितमध्ये हाल १० हजार ३९४ होम आइसोलेसनमा छन् ।
प्रदेशअनुसार होम आइसोलेनमा रहनेको सङ्ख्या प्रदेश १ मा एक हजार ७७५, प्रदेश २ मा २४२, वाग्मती प्रदेश पाँच हजार ९७४, गण्डकी प्रदेश ४५९, लुम्बिनी प्रदेश एक हजार ३०२, कणार्ली प्रदेश ८४ र सुदुर पश्चिम प्रदेशमा ५५८ रहेको छ ।
देशभर आजसम्म ३२८ सङ्क्रमित आईसीयूमा रहेका छन् ।
प्रदेश १ मा २६, प्रदेश २ मा आठ, वाग्मती प्रदेशमा १२२, गण्डकी प्रदेशमा ८१ र लुम्बिनी प्रदेशमा ७५, कर्णाली प्रदेशमा नौ र सुदुर पश्चिम प्रदेशमा सात सङ्क्रमित आईसीयूमा रहेका छन् । त्यस्तै, प्रदेश १ मा आठ, प्रदेश २ मा एक, वाग्मती प्रदेशमा ३१, गण्डकी प्रदेश नौ र लुम्बिनी प्रदेश तीन र सुदूर पश्चिममा दुई गरी जम्मा ५४ सङ्क्रमित भेन्टिलेटरमा रहेका छन् ।
छ जिल्लामा ५०० बढी सङ्क्रमित
आजसम्म देशभरका ७७ जिल्लामध्ये छ जिल्लामा सङ्क्रमित ५०० बढी छन् भने मनाङ र डोल्पामा शून्य रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लाहरुमा झापा, मोरङ, ललितपुर, काठमाडौँ, भक्तपुर, र कास्की रहेका छन् । पछिल्लो २४ घण्टामा कोभिडका कारण थप १६ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ५६७ पुगेको छ । जम्मा सङ्क्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव सात प्रतिशत हो । यो सङ्ख्या प्रति १० लाख पोजेटिभमा ५३ दशमलव सात हो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



