राजेशको गीतमा नक्कली बनिन् माला

काठमाडौं— नायिका तथा नृत्यांगना माला लिम्बु पछिल्लो समय म्युजिक भिडियोतर्फ आकर्षित भएकी छिन् । चलचित्र ‘वान वे’ मा अभिनय गर्दै नायिकाको रुपमा डेब्यू गर्ने यी नायिका पछिल्लो पटक गायक राजेश लामाको नयाँ गीतमा ‘नक्कली नानी’ को भूमिकामा प्रस्तुत भएकी छिन् । ‘नक्कली नानी…’ बोलको यो गीतको भिडियो आइतबार साँझ प्रिमियर गरिएको छ ।
निकेश खड्काद्वारा निर्देशित यो भिडियोमा नायिका लिम्बु तथा गायक लामालाई बि—बोइङ गर्ने समुह ‘एनएचएफ क्रिउ’ का ५ जना कलाकारहरुले साथ दिएका छन् । भिडियोमा गायक लामाले पनि अभिनय गरेका छन् । अमृत सुनुवारद्वारा छायांकन गरिएको यो भिडियोका सम्पादक जिवन थापा हुन् । कल्याण सिंहको संगीत तथा यमन सुवेदीको शब्दमा तयार भएको यो पप गीतमा उदयराज पौडेलको संगीत संयोजन सुन्न सकिन्छ । डोरेमी स्टुडियोमा रेकर्ड गरिएको यो गीतमा गायक लामाले आफ्नो उत्कृष्ट गायन कला प्रस्तुत गरेका छन् । गायक लामाका अनुसार नेपाली लोक तथा आधुनिक शैलीलाई फ्युजन गरेर यो गीत गाइएको हो ।
गायक लामाले यसअघि ‘बधाइ कसरी…’ गीतको म्युजिक भिडियोबाट पनि राम्रो चर्चा पाएका थिए । सुरज सिंह ठकुरी तथा प्रियंका कार्कीद्वारा अभिनित उक्त भिडियो पनि निकेश खड्काकै निर्देशनमा तयार भएको थियो । लामो समयदेखि दुबईमा बसोबास गर्दै आएका गायक लामा त्यहाँ आयोजना हुने सांगीतिक कार्यक्रममा समेत नियमित सहभागिता जनाइरहन्छन् ।
संगीतकर्मी गुरुदेव कामत तथा गायक मनोजराज सेवासंग एक–एक वर्ष संगीत तथा गायनको प्रशिक्षण लिएका गायक लामाले संगीतकर्मी चण्डीराज काफ्लेसंग करिव ४ वर्ष गायन तथा संगीतको प्रशिक्षण लिएका छन् । २०६५ सालमा आयोजित नारायण गोपाल स्मृति साँझ कार्यक्रममा गीत गाउने मौकालाई सांगीतिक यात्राको टर्निङ प्वाइन्टको रुपमा लिएका गायक लामाले आफ्नो पहिलो गीत सुनिल वर्देवाको शब्द तथा संगीतमा रेकर्ड गराएका थिए । केही समयको अन्तरालपछि गायक लामाले एकल गीति एल्बम सार्वजनिक गर्ने योजना बनाएका छन् ।
यस्तो छ भिडियो :
https://youtu.be/amczu7AVl9A
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...