राजेशको गीतमा नक्कली बनिन् माला

काठमाडौं— नायिका तथा नृत्यांगना माला लिम्बु पछिल्लो समय म्युजिक भिडियोतर्फ आकर्षित भएकी छिन् । चलचित्र ‘वान वे’ मा अभिनय गर्दै नायिकाको रुपमा डेब्यू गर्ने यी नायिका पछिल्लो पटक गायक राजेश लामाको नयाँ गीतमा ‘नक्कली नानी’ को भूमिकामा प्रस्तुत भएकी छिन् । ‘नक्कली नानी…’ बोलको यो गीतको भिडियो आइतबार साँझ प्रिमियर गरिएको छ ।
निकेश खड्काद्वारा निर्देशित यो भिडियोमा नायिका लिम्बु तथा गायक लामालाई बि—बोइङ गर्ने समुह ‘एनएचएफ क्रिउ’ का ५ जना कलाकारहरुले साथ दिएका छन् । भिडियोमा गायक लामाले पनि अभिनय गरेका छन् । अमृत सुनुवारद्वारा छायांकन गरिएको यो भिडियोका सम्पादक जिवन थापा हुन् । कल्याण सिंहको संगीत तथा यमन सुवेदीको शब्दमा तयार भएको यो पप गीतमा उदयराज पौडेलको संगीत संयोजन सुन्न सकिन्छ । डोरेमी स्टुडियोमा रेकर्ड गरिएको यो गीतमा गायक लामाले आफ्नो उत्कृष्ट गायन कला प्रस्तुत गरेका छन् । गायक लामाका अनुसार नेपाली लोक तथा आधुनिक शैलीलाई फ्युजन गरेर यो गीत गाइएको हो ।
गायक लामाले यसअघि ‘बधाइ कसरी…’ गीतको म्युजिक भिडियोबाट पनि राम्रो चर्चा पाएका थिए । सुरज सिंह ठकुरी तथा प्रियंका कार्कीद्वारा अभिनित उक्त भिडियो पनि निकेश खड्काकै निर्देशनमा तयार भएको थियो । लामो समयदेखि दुबईमा बसोबास गर्दै आएका गायक लामा त्यहाँ आयोजना हुने सांगीतिक कार्यक्रममा समेत नियमित सहभागिता जनाइरहन्छन् ।
संगीतकर्मी गुरुदेव कामत तथा गायक मनोजराज सेवासंग एक–एक वर्ष संगीत तथा गायनको प्रशिक्षण लिएका गायक लामाले संगीतकर्मी चण्डीराज काफ्लेसंग करिव ४ वर्ष गायन तथा संगीतको प्रशिक्षण लिएका छन् । २०६५ सालमा आयोजित नारायण गोपाल स्मृति साँझ कार्यक्रममा गीत गाउने मौकालाई सांगीतिक यात्राको टर्निङ प्वाइन्टको रुपमा लिएका गायक लामाले आफ्नो पहिलो गीत सुनिल वर्देवाको शब्द तथा संगीतमा रेकर्ड गराएका थिए । केही समयको अन्तरालपछि गायक लामाले एकल गीति एल्बम सार्वजनिक गर्ने योजना बनाएका छन् ।
यस्तो छ भिडियो :
https://youtu.be/amczu7AVl9A

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...