नेपालमा घट्दैछ संक्रमितको संख्या

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९६ जना नयाँ संक्रमित थपिएका छन् ।

यो संगै नेपालमा हाल सम्ममा २ लाख ४० हजार ९ सय ८१ जनामा संक्रमण पुष्टि भैसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यो अवधिमा १ हजार ७ सय ५२ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या २ लाख २५ हजार ८ सय ५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणकै कारण निधन भएको पनि मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल सम्ममा १५ सय ९४ जनाको संक्रमणका कारण निधन भैसकेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १३ हजार ५ सय ८२ रहेको छ ।

नेपालमा हालसम्म १७ लाख ८४ हजार ५ सय १९ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।