नेपालमा संक्रमणमुक्त हुने दर ९३ दशमलव ९८ प्रतिशत

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपालमा केही दिनदेखि सङ्क्रमित निको हुने दर बढेको छ ।

कोरोना भाइरसबाट ९३.९८ प्रतिशत निको भएका छन् ।

पछिल्लो चौबीस चौबीस घण्टामा एक हजार ६२८ जना सङ्क्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित निको भएको जनाएका हुन् ।

हालसम्म दुई लाख २७ हजार ४२२ जना सङ्क्रमित निको भइसकेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा एक हजार १४ जना सङ्क्रमित थपिएका छन् ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४१ हजार ९९५ पुगेको छ ।

छ हजार २२० जनाको आरटी पीसीआर नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि हो ।

हालसम्म १७ लाख ९० हजार ७३९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

हाल १२ हजार ९४८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयका अनुसार मन्त्रालयले हाल ५२७ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २० जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ६१४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।