अष्ट्रेलियामा मार्चदेखि कोरोनाको खोप

सिड्नी– अस्ट्रेलियाले आफ्ना नागरिकलाई यही मार्चदेखि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।
स्वास्थ्यमन्त्री ग्रेग हन्टले निर्माण भएको खोप मार्चसम्म अस्ट्रेलियालीलाई उपलब्ध गराउनका लागि सरकारले द्रुत गतिमा काम गरिरहेको जनाएका छन् ।
अस्ट्रेलियाले विश्वका विभिन्न चारवटा खोप उत्पादक कम्पनीसँग खरिद सम्झौता गरिसकेको छ ।
स्वास्थ्य विभागका अनुसार परीक्षण प्रक्रिया पूरा भएर औषधि विभाग (थेराप्युटिक गुड्स एडमिनिस्ट्रेसन, टीजीए) ले अनुमति दिए लगत्तै ती खोप सर्वसाधारणलाई नि:शुल्क उपलब्ध गराइने जनाएको छ ।
अस्ट्रेलियाले खोप लगाउन अनिवार्य नगरेको भए पनि सबै नागरिकलाई पर्याप्त हुने मात्रा आयात गरिने तथा केही देशभित्रै उत्पादन हुने जनाएको छ ।
हाल ९५ प्रतिशतसम्म सफल नतिजा दिएका फाइजर, अस्ट्राजेनेकालगायत कम्पनीसँग खोप खरिद गर्न अर्बौं डलरको सम्झौता भइसकेको छ ।
खोप खरिदका लागि अस्ट्रेलियाले साढे ३ अर्ब डलर लगानी गरेको छ ।
‘पहिलो चरणमा स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई यो खोप नि:शुल्क उपलब्ध गराइनेछ,’ स्वास्थ्यमन्त्री हन्टले भनेका छन् ।
उनले पहिलो चरणमा उनीहरूलाई उपलब्ध गराइए पनि सबै नागरिकले नि:शुल्क खोप लिन पाउनेसमेत जानकारी दिएका छन् ।
टिजिएले फाइजर तथा अस्ट्राजेनेका कम्पनीद्वारा निर्माण गरिएको भ्याक्सिनलाई पूर्वस्वीकृति दिइसकेको जनाइएको छ ।
अस्ट्रेलियाले अस्ट्राजेनेका कम्पनीबाट ३ करोड ८ लाख डोज खरिद गर्ने सम्झौता गरिसकेको छ भने फाइजरबाट १ करोड खोपसमेत ल्याउने तयारी गरिरहेको छ ।
अस्ट्राजेनेकाको खोप स्वीकृत भएलगत्तै करिब ३ करोड डोज स्थानीय तहमै उत्पादन गरिने भएको छ ।
स्वास्थ्य विभागको तथ्यांकअनुसार यी दुईबाहेक क्युन्सल्यान्ड युनिभर्सिटी तथा सीएसएलले तयार गरिरहेको भ्याक्सिन ५ करोड डोज उपलब्ध गराउनेछ ।
यसैगरी परीक्षणकै क्रममा रहेको नोभाभ्याक्स खोप समेत ४ करोड डोज उपलब्द्ध गराईने जानकारी उपलब्द्ध गराइएको छ ।
स्वास्थ्यमन्त्री हन्टले अस्ट्रेलियाका नागरिकलाई आवश्यक पर्नेभन्दा ३ गुणा बढी खोपको प्रबन्ध गरिएको बताएका छन् ।
अस्ट्रेलियाले यसअघि नै कोभिड–१९ विरुद्धको खोपका लागि सरकारी तयारी र यसको वितरणका लागि पहिलो पटक खोप नीति सार्वजनिक गरिसकेको छ ।
२० पृष्ठ लामो नीतिमा खोप खरिद, वितरण, स्थानीय निकायसँगको सहकार्य, तथ्यांक संकलनलगायत विषय उल्लेख गरेको कान्तिपुरमा प्रकाशित समाचारमा उल्लेख छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



