२४ घण्टामा १२१७ जना संक्रमित थपिए

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका एक हजार २१७ जना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ४५ हजार ६५० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो चौबीस चौबीस घण्टामा एक हजार ६४ जना संक्रमित निको भएका छन् ।

हालसम्म दुई लाख ३१ हजार ६०१ जना संक्रमित निको भइसकेका छन् ।

यस्तै, हाल १२ हजार ३८६ जनामा भाइरसको संक्रमित सक्रिय छ ।

मन्त्रालयका अनुसार मन्त्रालयले हाल ५१५ जना क्वारेन्टिनमा छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १२ जना संक्रमितको मृत्यु भएको उल्लेख गरेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट एक हजार ६६३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।