नेपालमा संक्रमणमुक्त हुने दर करिव ९५ प्रतिशत

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ८३० सङ्क्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा एक हजार पाँच सय जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरणमा प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी गराउनुभएको हो ।

आइइतबार पाँच हजार १८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८ सय ३० जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमित दुई लाख ४८ हजार ४२३ पुगेको छ ।

नेपालमा हालसम्ममा दुई लाख ३५ हजार ७३१ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल दश हजार ९९५ जनामा मात्रै भाइरसको सङ्क्रमण सक्रिय छ ।

नेपालमा निको दर बढिरहेको छ । अहिले नेपालमा निको हुने दर ९४.८९ प्रतिशत रहेको छ ।

मन्त्रालयले हालसम्म १८ लाख ३१ हजार ४१ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।

नेपालमा अहिले ५१६ जना क्वारेन्टिनमा रहेका छन् ।

पछिल्लो चौबीस घण्टामा ९ जना संक्रमिले ज्यान गुमाएका छन् ।

उक्त मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ६९८ पुगेको छ ।