रहेनन् बलिउड अभिनेता फराज खान

सन् १९९० को दशकमा बलिउडका ‘फरेब’ तथा ‘मेहन्दी’ जस्ता सफल फिल्मका अभिनेता फराज खानको ४६ वर्षको उमेरमा निधन भएको छ । उनी पछिल्लो लामो समयदेखि विरामी थिए । उनलाई प्रारम्भमा छातिको तथा पछि मष्तिस्कको इन्फेक्शन भएको थियो । बैंग्लोरको विक्रम अस्पतालमा उनको उपचार भइरहेको थियो । पछिल्लो समय उनको स्वास्थ्य अवस्था निकै गम्भिर हुँदै गएको थियो । उनलाई आईसीयूमा भर्ना गरिएको थियो । अक्टोबर ४ का दिन उनले जीवन–मृत्युको युद्धमा हार खाए । उनको दु:खद निधन भयो । अभिनेत्री पूजा भट्टले उनको मृत्युको जानकारी ट्वीटमार्फत गराएकी हुन् । फराजको आर्थिक अवस्था पनि कमजोर हुादै गएकोले उनको उपचारमा समस्या भैरहेको थियो । त्यसका लागि उनको परिवारका सदस्यहरुले एउटा फण्ड रेजिङ वेबसाइटमा सहयोगका लागि अपील गरेका थिए । उनको परिवारलाई फराजको उपचारका लागि ४० लाख रुपैयाँ आवश्यक परेको थियो । त्यसपछि अभिनेता सलमान खान पनि सहयोगका लागि अगाडि आएका थिए । सलमानले फराजको मेडिकल बिल चुक्ता गर्नका लागि परिवालाई आर्थिक सहयोग पनि गरेका थिए । फराजको उपचारका लागि अभिनेत्री आलिया भट्टकी आमामा सोनी साजदानले पनि आर्थिक सहयोग गरेकी थिइन् । फण्ड रेजिङ वेबसाइटमा फराजको बिमारीका बारेमा समेत जानकारी दिइएको थियो । जसमा फराजको स्वास्थ्य पछिल्लो एक वर्षदेखि बिग्रिरहेको उल्लेख गरिएको थियो । फराजलाई कफको समस्या थियो, त्यसपछि उनको छातिमा इन्फेक्शन भयो । डाक्टरले उनलाई अस्पतालमा भर्ना हुनका लागि सल्लाह दिएका थिए, तर त्यो बेलासम्म उनको छातिको इन्फेक्शन निकै बढिसकेको थियो । छाति हुँदै उक्त इन्फेक्शन फराजको मष्तिस्कसम्म पुगेको थियो । फराज खान विगतका चरित्र अभिनेता यूसुफ खान (अमर अकबर एन्थोनीका जेबिसको) का छोरा हुन् । फराजले रानी मुखर्जी अभिनित मेहन्दि (१९९८) मा मुख्य भूमिका निर्वाह गरेका थिए । त्यसबाहेक उनले फरेब (१९९६), पृथ्वी (१९९७) तथा दिल ने फिर याद किया (२००१) जस्ता फिल्महरुमा अभिनय गरेका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



