२४ घण्टामा ८ सय ४७ जना संक्रमणमुक्त

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ३६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यो अवधिमा ८ सय ४७ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १३ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितहरको संख्या ९ हजार ७ सय ५७ छ ।

हालसम्म नेपालमा २ लाख ५० हजार ९ सय १६ जनालाई संक्रमण पुष्टि भएको छ भने हालसम्म २ लाख ३८ हजार ५ सय ६९ जना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै संक्रमणका कारण हालसम्म १७ सय ४३ जनाले ज्यान गुमाएका छन् ।