६ हजार ५८८ परीक्षण गर्दा ७७६ सङ्क्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं – नेपालमा कोरोना भाइरसका ७७६ जना सङ्क्रमित थपिएका छन् ।

थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५१ ह्जार ६९२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा छ हजार ५८८ जनाको आरटीपीसीआर परीक्षण गर्दा ७७६ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

हालसम्म १८ लाख ५५ हजार ७२४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

हाल नौ हजार ५८० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ९४७ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ ।

हालसम्म दुई लाख ४० हजार ३६३ जना निको भइसकेका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ ।

हालसम्म नेपालमा कोरोनाभाइरसबाट एक हजार ७४९ जनाको मृत्यु दर्ता गरिएको छ ।

मन्त्रालयले हाल नौ हजार ५८० जना आईसोलेशनमा रहेको र ४४४ जना क्वारेन्टिनमा रहेको उल्लेख गरेको छ ।