चारहजार ६२० परीक्षणमा ५८८ सङ्क्रमित

काठमाडौं– नेपालमा कोरोना भाइरसका ५८८ जना सङ्क्रमित थपिएका छन् ।
थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५३ हजार ७७२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा चार हजार ६२० जनाको आरटीपीसीआर परीक्षण गर्दा ५८८ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।
हालसम्म १८ लाख ७० हजार ८३० जनाको पीसीआर परीक्षण गरिएको छ ।
हाल आठ हजार ३२० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ९७ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ ।
हालसम्म दुई लाख ४३ हजार ६६४ जना निको भइसकेका छन् ।
अहिलेसम्म नेपालमा ९६ दशमलब भन्दा बढी कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ ।
हालसम्म नेपालमा कोरोनाभाइरसबाट एक हजार ७७७ जनाको मृत्यु दर्ता गरिएको छ ।
मन्त्रालयले हाल आठ हजार ३२० जना आइसोलेशनमा रहेको र ४२१ जना क्वारेन्टिनमा रहेको उल्लेख गरेको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...