कंगना विरुद्ध अर्को मुद्दा
बलिउड अभिनेत्री कंगना रनौत प्राय: विवादमा आइरहने नाम हो । बोल्दा विचार नपुर्याउने आरोप खेपिरहने यी अभिनेत्रीविरुद्ध अहिले अर्को एउटा मुद्दा परेको छ । यसपटक कंगनालाई मानहानी गरेको मुद्दा लागेको छ । अहिले उनलाई बलिउडकै दिग्गज गीतकार जावेद अख्तरले मुद्दा हालेका हुन् । एउटा रिपोर्टका अनुसार अख्तरले कंगनाले दिएको एउटा अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । जावेद अख्तरले आफुलाई घर बोलाएर धम्काएको र रितिक रोशनसंग माफि माग्नका लागि भनेको कंगनाले दावी गरेकी थिइन् । उक्त रिर्पोटका अनुसार जावेद अख्तरले कंगनालाई कुनै किसिमको धम्कि नदिएको कुरा लेखिएको छ । अहिले उक्त मुद्दा अदालतसम्म पुगिसकेको छ भने जावेद अख्तर लामो लडाईं लड्नको लागि तयार छन् । जावेद अख्तरले कंगनालाई धम्काएको कुरा अभिनेत्रीकी बहिनी र म्यानेजरले ट्वीट गरेका थिए । जावेद अख्तरले कंगनालाई घर बोलाएर धम्की दिएको र रितिक रोशनसंग माफी माग्न भनेको कुरा उनीहरुले आफ्नो ट्वीटमा लेखेका छन् । महेश भट्टको फिल्म ‘सुसाइड बम्बर’ को भुमिका निभाउन अस्वीकार गरेकोले महेश भट्टले कंगनालाई चप्पल हानेका थिए । कंगनाविरुद्ध अक्टोबरमा कर्नाटकको तुमकुरमा पनि मुद्दा दर्ता भएको थियो । कंगनामाथि किसानहरुलाई अपमानको आरोप लागेको थियो । त्यसपछि उनी विरुद्ध मुम्बईमा दुईवटा मुद्दा दर्ता भएको थियो । जसमा कंगनाले धर्मको आधारमा घृणा फैलाउने र अदालतको अपमान गरेको आरोप लागेको थियो ।
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
What are the great things about dating with apps for milfs? there are...
Meet singles with craigslist sebring fl personals Craigslist is outstanding resource for singles...
Find your perfect big booty match today Looking for a big booty date?...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...