बिश्व प्रकाश शर्मा अस्ट्रेलिया आउदै

-- The NTA / प्रकाशित मिति : मङ्लबार, बैशाख २८, २०७३

congres

जन सम्पर्क समिति अस्ट्रेलियाले विपि स्मृती दिवस बिबिध कार्यक्रम सहित मनाउन लागेको संस्थाको तर्फबाट एक प्रेस बिज्ञप्ति जारि गर्दै समिति सदस्य भीम लुईटेलले जनाएका छन् । लुईटेलका अनुसार जुलाई २८ शनिबारका दिन सिड्नीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता विश्वप्रकाश शर्माको आतिथ्यतामा एक विचार गोष्ठी सहित विपि स्मृती दिवस मनाइने छ । उक्त विचार गोष्ठीमा यहाँका नेपाली समुदायका सबै संघ संस्थाका अलावा अस्ट्रेलियाका प्रमुख राजनीतिक पार्टीका नेताहरुलाई समेत आमन्त्रण गरिनेछ । नेपाली जनसम्पर्क समिति अष्टेलियाका सभापति खगेन्द्र (सन्तोष) सिटौलाको सभापतित्वमा हालै बसेको वैठकले सो निर्णय गरेको प्रेस बिज्ञप्तिमा जनाइएको छ।  यसको अलावा बैठकले समितिका सह सचिव शितल गिरीलाई संस्थाको बिधान अनुसार युथ को-अर्डिनेटर पदका लागि चयन गरेको छ ।  अष्टेलियामा रहेका नेपाली विद्यार्थी तथा युवा समुदायलाई संगठित गर्दै विभिन्न रचनात्मक काममा जन सम्पर्क समिति अस्ट्रेलिको तर्फबाट गिरीले रचनात्मक भूमिका खेल्ने बताइएको छ ।

गत फागुनमा सम्पन्न केन्द्रीय महाधिवेशनवाट निर्वाचित सभापती शेरवहादुर देउवा तथा पदाधिकारीहरु र विभिन्न क्षेत्रवाट प्रतिनिधित्व गर्दै विजयी हुनु भएका केन्द्रीय सदस्य र मनोनित केन्द्रीय सदस्यहरुलाई बधाई तथा शुभकामना प्रस्ताव पारित गर्दै वैठकले जनसम्पर्क समितिको राज्य स्तरमा समिति विस्तार गर्न छ वटै राज्यस्तरीय र दुईवटा टेरोटरी स्तरीय समिति गठन गर्न संयोजकहरुको चयन पनि गरेको जनाइएको छ । समितिको विधान अनुसार नयाँ कार्य समिति गठन हुँदा विभिन्न क्षेत्र समुदाय, वर्ग र केही कर्मठ साथिहरु छुट्नु भएकोले विधान वमोजिम समिति विस्तार गर्न वरिष्ठ उपाध्यक्ष छिरिड० तेन्जी शेर्पाको संयोजकत्वमा एक समिति समेत गठन गरेकोछ, जसले असन्तुष्ट साथीहरु सँग समन्वय गरि समितिलाई पूर्णता दिनेछ । त्यसै गरि वैठकले समुदायका विभिन्न कार्यक्रमहरुमा प्रतिनिधित्व गर्न समितिका वरिष्ठ उपाध्यक्ष छिरिड० तेन्जी शेर्पालाई लगायत पदाधिकारीहरुले गर्ने निर्णय गरेकोछ ।

अस्ट्रेलियामा देखिएको जन सम्पर्क समिति अस्ट्रेलियाको विवादका बिषयमा द नेपाली टाईम्स अस्ट्रेलियाको प्रश्नमा संस्थाका सहसचिब एबं नब नियुक्त युवा संयोजक शितल गिरीले त्यस्तो विवाद केहि नभएको जिकिर गरे ।  गिरीका अनुसार नेपाली कांग्रेसको हालै सम्पन्न महाधिवेशनमा साथीहरु सहभागी भएर आइ सक्नु भएको छ, पार्टीको उच्च निकाय महाधिवेशनमा सहभागी भएर आउनु भएका साथीहरु र पार्टीले साथीहरु सम्मिलित समितिलाई दिएको मान्यता अनुसार पनि सबै कुरा प्रस्ट छन्, यसले साथीहरुमा भएका पुराना  कन्फ्युजनहरु स्वत समाप्त हुनु पर्ने हो ।  तर ठुलो प्रजातान्त्रिक पार्टीको भात्री  संस्था भएका कारण केहि असन्तुष्टिहरु सुनिनु या व्यक्तिगत लोभ-लालच र इगोले कुनै साथी भाइहरुले क्षणिक रुपमा राखेका असन्तुष्टिलाई समेत रचनात्मक रुपमा लिदै हालै  बरिष्ठ उपाध्यक्ष छिरिड० तेन्जी शेर्पाको संयोजकत्वमा बनेको समितिले यस्ता सबै पक्ष, असन्तुष्ट साथीहरु पहिले समेट्न छुटेका साथीहरु सँग खुल्ला छलफल गरि सबैलाई समेट्दै अगाडी बढ्ने पनि शितल गिरीले बताए ।