२४ घण्टामा थपिए ७२२ संक्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपालमा कोरोना भाइरसका ७२२ जना सङ्क्रमित थपिएका छन् ।

थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५५ हजार २३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा सात हजार वटा आरटी पीसीआर परीक्षण गर्दा ७२२ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।

हालसम्म १८ लाख ८४ हजार १८१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

हाल सात हजार ७२९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ९६६ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ ।

हालसम्म दुई लाख ४५ हजार ७०९ जना निको भइसकेका छन् ।

अहिलेसम्म नेपालमा ९६ दशमलब भन्दा बढी कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामातीन जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ ।

हालसम्म नेपालमा कोरोना भाइरसबाट एक हजार ७९८ जनाको मृत्यु दर्ता गरिएको छ ।

मन्त्रालयले हाल सात हजार ९७६ जनामा आइसोलेशनमा रहेको र ४१३ जना क्वारेन्टिनमा रहेको उल्लेख गरेको छ ।