अन्तत: फुटेरै छाड्यो नेकपा

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को हिजो मंगलबार छुट्टाछुट्टै स्थानमा बसेको दुई समूहको केन्द्रीय कमिटी बैठकले गरेको फरक– फरक निर्णयसँगै पार्टी दुई भागमा विभाजन भएको छ ।
यद्यपि, दुवै पक्षले पार्टी विभाजनको औपचारिक घोषणा भने गर्न सकेका छैनन् ।
तर, दुवै पक्षको गतिविधिका कारण पार्टी स्पष्ट रूपमा विभाजन भएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको र बबरमहलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल तथा नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्यो ।
दुवै समूहले आफ्नो समूहलाई आधिकारिक नेकपा बताउँदै एकले अर्काको आलोचना एवं विरोध गर्नुका साथै विभिन्न निर्णय गरेका छन् ।
सोमबार एकै दिन ओली र दाहाल–नेपाल समूहले संसदीय दलको बैठक गरेका थिए ।
ओली र दाहाल–नेपाल समूह दुई समूहमा विभाजित भएसँगै नेकपाका नेताहरू पनि दुई समूहमा विभाजित भएका छन् ।
यद्यपि केही नेता अझै पनि कुनै समूहमा सहभागी नभई तटस्थ रहेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको बैठकले पार्टीको महाधिवेशन २–७ मंसिर २०७८ मा गर्ने निर्णय गरेको छ ।
साथै उक्त बैठकले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटीसमेत घोषणा गरेको छ ।
ओली समूहको केन्द्रीय कमिटी बैठकमा दाहाल र नेपाललाई अनुशासनको कारबाही गर्नुपर्ने माग सदस्यहरूले गरेका छन् । तर प्रधानमन्त्री ओलीले कसैलाई पनि कारबाही नगर्ने र सिंगो पार्टीलाई निर्वाचनमा केन्द्रित गर्ने बताए ।
बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षको जिम्मेवारीबाट कारबाही गरेको छ ।
अध्यक्षको जिम्मेवारीमा वरिष्ठ नेतासमेत रहेका नेपाललाई दिने निर्णय बैठकले गरेको दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
मंगलबार केन्द्रीय कमिटी बैठक बस्नुअघि बसेको स्थायी कमिटी बैठकले नेपाललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गर्दै उक्त प्रस्ताव केन्द्रीय कमिटीमा पेस गरेपछि बैठकले पारित गरेको हो ।
नेकपाका वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेता नेपाललाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरिएको केन्द्रीय सदस्य दिलु पन्तले बताइन् ।
बैठकले अध्यक्षबाट ओलीलाई कारबाही र नेपाललाई अध्यक्षको जिम्मेवारीका साथै विभिन्न १३ बुँदे प्रस्ताव पारित गरेको छ ।
बैठकले प्रतिनिधिसभा विघटनको विपक्ष र पार्टी एकताको पक्षमा लाग्न नेता कार्यकर्तालाई अपिलसमेत गरेको प्रवक्ता श्रेष्ठले बताए ।
यस्तै, पूर्वसभामुखसमेत रहेका नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय बैठकले अनुमोदन गरेको छ ।
नेकपाको ४४६ सदस्यी केन्द्रीय कमिटी छ । दाहाल–नेपाल समूहको बैठकमा ३१५ केन्द्रीय सदस्यको सहभागिता रहेको दाबी गरिएको छ ।
यसैबीच, ओली र दाहाल–नेपाल समूहले एकै दिन छुट्टाछुट्टै स्थानमा केन्द्रीय कमिटीको बैठक आयोजना गरे पनि उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादलले दुवै समूहको बैठक बहिष्कार गरेका छन् ।
नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेर प्रतिनिधिसभा विघटन भइसकेको बेला दुवै नेता अहिले आन्तरिक छलफलमै रहेका छन् ।
ओली र दाहाल–नेपाल समूहले आ–आफ्नो समूहको बैठकमा सहभागी हुन गरेको आग्रह अस्वीकार गर्दै गौतम र थापा कुनै पनि बैठकमा सहभागी भएनन् ।
गौतम र थापा पार्टी फुटको विरुद्धमा उभिँदै आएका छन् ।
यद्यपि गौतम र थापा निकटका केन्द्रीय सदस्यहरू दाहाल–नेपाल समूहको बबरमहलस्थित बैठकमा सहभाीग भएका छन् ।
उता पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्टसहितका नेताहरू ओली समूहको बैठकमा सहभागी भएका छन् ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



