नेपालमा कोरोना भाइरसका ६ सय १३ जना संक्रमित थपिए

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपालमा कोरोना भाइरसका ६ सय १३ जना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितसँगै कुल संक्रमित दुई लाख ५६ हजार ५९२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ५१० जनाको आरटीपीसीआर परीक्षण गर्दा ६१३ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार हाल सात हजार ३८४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

पछिल्लो चौबीस घण्टामा ७३९ जना सङ्क्रमित निको भएका छन् ।

निको भएकाहरुको संख्या दुईलाख ४७ हजार ४०० पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ ।

हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८०८ जनाको मृत्यु दर्ता गरिएको छ ।

हाल सात हजार ३८४ जना आइसोलेशनमा र चार सय जना क्वारेन्टिनमा छन् ।