पछिल्लो २४ घण्टामा ४ सय ८१ जना संक्रमित थपिए

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपालमा कोरोना भाइरसका चार सय ८१ जना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमतिसँगै कुल सङ्क्रमित दुई लाख ५८ हजार १८१ पुगेको छ ।

हालसम्म १९ लाख नौ हजार ६५४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा छ हजार ५५९ जनाको आरटीपीसीआर परीक्षण गर्दा चारसय ८१ जना सङ्क्रमणको पुष्टि भएको जनाउनु भएको हो ।

मन्त्रालयका अनुसार हाल छ हजार ४९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

पछिल्लो चौबीस घण्टामा सात सय ३१ जना सङ्क्रमित निको भएका छन् ।

निको भएकाहरुको संख्या दुईलाख ४९ हजार ८६३ पुगेको छ ।

नेपालमा कोरोना संक्रमित हुने दर ९६।७८ प्रतिशत रहेको छ ।

पछिल्लो चौबीस घण्टामा छजना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ ।

हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८२५ जनाको मृत्यु दर्ता गरिएको छ ।

हाल छ हजार ४९३ जना आइसोलेशनमा र तीन सय ६९ जना क्वारेन्टिनमा छन् ।