नयाँ वर्ष मनाउन आजदेखि पोखरामा सडक महोत्सव

पोखरा– रेष्टुरेण्ट एण्ड बार एशोसियशन ९रेबान० पोखराले अङ्ग्रेजी नयाँ वर्ष मनाउनका लागि पोखरा आउन सबैलाई आग्रह गरेको छ ।
सडक महोत्सवको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा रेबानले आन्तरिक पर्यटकलाई अँग्रेजी नयाँ वर्षमा पोखरा घुम्न आउन आह्वान गरेको हो ।
सडक महोत्सव यही पुस १५ गते १ बजे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवका संयोजक वसन्त गौतमले जानकारी दिनुभयो ।
‘पोखराको पहिचान बनेको सडक महोत्सव पुस १५, १६ र १७ गते हुँदैछ, कार्यक्रमको गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुहुनेछ ।’ उहाँले भन्नुभयो–’सडक महोत्सव कोरोना महामारीबीच ‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देशसहित हुन लागेको छ, हामी पोखरा घुम्न आउन आन्तरिक पर्यटकलाई आह्वान गर्छौँ ।’
रेबानका अध्यक्ष लक्ष्मण बरालले २१ वर्षअघिदेखि मनाइँदै आएको महोत्सवलाई निरन्तरता दिँदै आन्तरिक पर्यटकलाई लक्ष्य गरेर महोत्सव आयोजना गरिएको बताउनुभयो ।
बरालका अनुसार पोखराको हल्लन चोकदेखि तीन किलोमिटर क्षेत्रमा एक मञ्चमा गन्धर्व संस्कृति र तीन मञ्चमा गण्डकी प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका वेशभूषासहितको सांस्कृतिक कार्यक्रम गरिनेछ ।
यस पटक महोत्सवमा २० मात्र कक्ष रहनेछन् जसमा ६ वटा स्वास्थ्यसम्बन्धी हुनेछन् । केही कक्षमा स्याङ्जा र आसपासका सुन्तला र प्राङ्गारिक उत्पादन र हस्तकला सामग्री रहनेछन् ।
त्यसैगरी बीच भलिबल, डुङ्गा दौड प्रतियोगिता र टेनिस प्रतियोगिता गरिनेछ । पोखराका विभिन्न पर्यटकीय गतिविधिको फोटो भिडियो पनि प्रदर्शन गरिनेछ ।
रेबानका सल्लाहकार गणेश भट्टराईले पोखराको ब्राण्ड सडक महोत्सवलाई कोरोना महामारीबीच पनि निरन्तरता दिँदै पोखरा खुला र सुरक्षित भन्ने सन्देश दिनु सकारात्मक भएको बताउनुभयो ।
संस्थाका महासचिव वसन्त भट्टराईले प्रवेशद्वारबाट स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिएर महोत्सवस्थलमा प्रवेश गराइनाका साथै स्वास्थ्य सचेतनासम्बन्धी गतिविधिलाई विशेष जोड दिइने बताउनुभयो ।
महोत्सवबारे काठमाडौँमा समेत पत्रकार सम्मेलन गरेर पोखरा आउन निम्तो दिइएको जनाइएको छ । तस्बिर उपलब्ध छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...