एकीकरण मार्ग पदयात्रा समापन

गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा सैनिक मुख्यालय जङ्गीअड्डामा आइपुगेर समाप्त भएको छ ।
गोरखाबाट पुस २१ गते शुरु भई धादिङ, नुवाकोट हुँदै उक्त पदयात्रा आइतबार हनुमानढोका आइपुगेको थियो ।
हिमाली, पहाडी, तराई तथा काठमाडौँका नेवार समुदायलगायत सबै क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी राष्ट्रिय एकता झल्कने बाजागाजा, झाँकी, लाखेनाचसहितको सांस्कृतिक प्रस्तुतिका साथ पदयात्रा सैनिक मुख्यालयमा पुगेर अन्त्य भएको थियो ।
पृथ्वी जयन्तीका अवसरमा चन्द्रागिरि, दहचोक, शिवपुरी, साँगा, महादेव पोखरी ९नगरकोट० तथा जङ्गीअड्डाको छतबाट नेपाली सेनाका युनिटले एकैसाथ रिभ्याली बजाएका थिए ।
सोही अवसरमा भर्खरै स्थापना गरिएको पृथ्वीनारायण शाह अध्ययन केन्द्रको प्रधानसेनापति पूर्णचन्द्र थापाले आज उद्घाटन गर्नुभयो ।
उद्घाटनपछि जङ्गीअड्डाको अडिटोरियममा इतिहासविद् प्राज्ञ जगमान गुरुङबाट पृथ्वीनारायण शाहले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकतामा पु¥याउनु भएको योगदान र भावी पिँढीले राष्ट्र र राष्ट्रियताका लागि सिक्नुपर्ने र गर्नुपर्ने कर्तव्यका विषयमा प्रवचन गर्नुभएको थियो ।
उक्त अवसरमा नेपाली सेनाले निकट भविष्यमा प्रकाशन गर्न लागेको ‘नेपाल एकीकरणको इतिहास (विसं १८०१–१८७२)’, ‘नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलहरु’ तथा ‘नेपाली आर्मी एम ए ग्लोरियअस पास्ट’ बारे जानकारी दिइएको थियो ।
सेनाको कल्याणकारी कोषबाट सञ्चालित हाजिरीजवाफ प्रतियोगिता र विजयी टोलीलाई बलाधिकृत रथी प्रभुराम शर्माले प्रमाणपत्र प्रदान गर्नुभयो ।
सेनाले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा छनोट भएका कवितालाई पुरस्कारसमेत प्रदान गरियो ।
महोत्सवमा १० वटा उत्कृष्ट र ३० वटा अन्य कवितालाई छनोट गरी पुरस्कृत गरियो ।
तत्कालीन समयमा सेना र सर्वसाधारणले राष्ट्र निर्माणमा पुऱ्याएको योगदान र बलिदानमा आधारित चलचित्र ‘नालापानी’को प्रदर्शनी पनि गरिएको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...