अस्ट्रेलियाले दियो फाइजरको कोरोना खोपलाई अनुमति

सिड्नी– अस्ट्रेलियाले फाइजर र बायोएनटेकले संयुक्त रुपमा विकास गरेको कोरोना खोपलाई आफ्नो देशमा प्रयोगका लागि अनुमति दिएको छ ।
अस्ट्रेलियाको औषधिसम्बन्धी नियमनकारी निकाय थेराप्युटिक गुड्स एडमिनिस्ट्रेसन (टीजीए) ले आज सोमबार उक्त खोपको प्रयोगका लागि अनुमति दिएको हो ।
प्रधानमन्त्री स्कट मरिसनले सोमबार बिहान पत्रकार सम्मेलन गर्दै अस्ट्रेलियामा खोप प्रयोगको अनुमतिसँगै कोरोना भाइरसविरुद्ध लड्नका लागि अझ एक कदम अघि बढेको बताएका छन् ।
फाइजरपछि अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा निर्मित खोपले अनुमति पाउने सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
सरकारले पहिलो चरणमा ल्याएको खोप वृद्धवृद्धाका साथै अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलगायतलाई वितरण गरिने सरकारले घोषणा गरेको छ ।
साताको ८० हजारका दरले उनीहरुलाई पहिलो चरणको खोप दिइने योजना सार्वजनिक भएको छ, जसलाई बढाएर मार्चसम्ममा ४० लाख पुर्याइने योजना छ ।
अस्ट्रेलियाले १४ करोड डोज कोरोना खोपका लागि विभिन्न कम्पनीसँग सहमति गरिसकेको बताइएको छ ।
अस्ट्रेलियामा विभिन्न १ हजार खोप केन्द्रबाट वितरण गरिने खोपका लागि सरकारले केही साता पहिले नै विभिन्न ५ तहको कार्यक्रम नै सार्वजनिक गरिसकेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



