नेपालमा कोरोनामुक्त हुने दर ९८ प्रतिशत बढी

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपालमा कोरोना भाइरसका ३३९ जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ६९ हजार ७८९ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ४०१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ४०१ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६४ हजार ५३८ पुगेको छ ।

नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८।०५ पुगेको छ ।

यस्तै यो अवधिमा दश जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । योसँगै मृतकसँगै नेपालमा कोभिडबाट मृत्यु हुने दुर्इ हजार ११ जना पुगेका छन् ।

हाल तीन हजार २४० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने तीन हजार २४० जना आइसोलेशनमा र १३२ जना क्वारेन्टिनमा छन् ।