फेब्रुअरीको अन्त्य देखि अष्ट्रेलियामा कोभिड-१९ खोप दिइने तयारी 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

अष्ट्रेलिया | करिब ४ मिलियनको ज्यान लियेसकेको कोभिड-१९ महामहरी सुरु भएको करिब १ बर्ष हुदै गर्दा विश्वका थुप्रै मुलुकहरु आफ्ना जनतालाइ कोभिड १९ खोप दिन सुरुगरिसकेका छन् । हाल सम्म विश्व स्वास्थ्य संगठन ले २ प्रकारको खोप लाइ अनुमति दिईसकेको छ । त्यसैगरी अष्ट्रेलियामा पनि औषधि नियमन तथा अनुगमन गर्ने संस्था टिजीए (Therapeutic Goods Administration) ले फाइजर बायोन्टेक खोप अष्ट्रेलियामा प्रयोग गर्नकोको अनुमति प्रदान गरेको छ । अनुमति दिनु अगाडी “टिजीए”ले यसको गुणस्तर र प्रभावकारिताका बारेमा गहन अध्यन गरेको थियो ।२५ जनवरी अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन र स्वास्थ मन्त्रि ग्रेग हन्ट द्वारा सयुक्त प्रेस रिलिज जारि गरि खोप दिइनेजानकारी गरिएको छ । “टिजीए”का अनुसार फाइजर सुरक्षित, गुणस्तरीय, प्रभावकारी र तोकेको सबै मापदण्ड पुरा गरेको भ्याक्सिन भएको जनाइएको छ । टिजीएका अनुसार २१ दिनको अन्तरालमा प्रतिव्यक्ति २ पटक लगाउनुपर्ने यो भ्याक्सिन १६ बर्ष वा त्यो भन्दा माथिका लागि मात्र अनुमति दिएको छ । अष्ट्रेलिया सरकारले भ्याक्सिन उत्पादन गर्ने विभिन्न कम्पनिहरु संग सम्झौता गरि ५० मिलियन भ्याक्सिन सुरक्षित गरिसकेको छ। फाइजर द्वारा प्राप्त हुने १० मिलियन भ्याक्सिन आगामी फेब्रुअरीको अन्तिम सम्म आइसक्ने सरकारले जनाएको छ ।
यसैगरी सरकारले प्राथमिकताका आधारमा विभिन्न चरणमा खोप लगाउने निर्णय गरेको छ । पहिलो चरणको करीब १४ लाख खोप क्वारेन्टाइन तथा बोर्डर सेवामा काम गरिरहेका कर्मचारीहरु, स्वास्थ्य, बृद्ध बृद्धा तथा अपांगहरुको हेरविचार गर्ने कर्मचारीलाई लगाइने छ । त्यसै गरि दोश्रो चरणको करिब १५ लाख डोज खोप ७० बर्ष भन्दा माथिका बृद्द-बृद्दाहरु, स्वस्थ क्षेत्रमा काम गरिरहेका अन्य कर्मचारीहरु, ५५ बर्ष माथीका यहाँका आदिवासीहरु तथा आइलेण्डरहरु, स्वास्थ्य स्थिति कम्जोर भएका तथा अपांग युवा/युवतीहरु, सेना, प्रहरी, आगलागी, आपतकालीन सेवा तथा मासु प्रोसेस गर्ने जस्ता सम्बेदनशिल तथा अति जोखिम युक्त क्षेत्रमा काम गर्ने कर्मचारीहरु लाई प्रदान गर्ने निर्णय सरकारले गरेको छ ।
तेश्रो चरणमा ५० बर्ष देखि ६९ बर्षका मानिसहरु, १८ बर्ष देखि ५४ बर्ष सम्मका यहाँका आदिवासी र आइलेण्डरहरु र अन्य बाँकि उच्च जोखिम युक्त क्षेत्रमा काम गर्नेहरु का लागि खोप दिईने बताइएको छ । बाँकि जनसंख्यालाई चौथो चरणमा भ्याक्सिन दिइने छ भने पाँचौ चरणमा १६ बर्ष भन्दा मुनिकालाई आबश्यक परेमा परेमा वा सिफारिश गरिएमा मात्र कोभिड-१९ खोप दिइने बताइएको छ ।
थुप्रै बिज्ञहरु रहेको “टिजीए”को अथक प्रयास, गहन अध्यन, अनुसन्धान तथा प्रयोग गरि कोभिड भ्याक्सिन प्रयोग गर्न अनुमति दिएकोले सरकारलाई यो महामारी नियन्त्रण तथा ब्यबस्थापन गर्नका लागि राहत मिलेको सरकारले बताएको छ । फाइजरका अतिरिक्त अन्य सप्लायर गरि जम्मा १४० मिलियन सुरक्षित गरि प्रतिव्यक्ति जनसंख्याको आधारमा अष्ट्रेलिया संसारकै उच्च खोप प्रदान गर्ने देशमा परेको छ ।