थपिए एक सय पाँच जना सङ्क्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं – नेपालमा कोरोना भाइरसका एक सय पाँच जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ९५९ जना पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ३०८ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका एकसय पाँच जना सङ्क्रमित थपिएका हुन् ।

अहिलेसम्म २० लाख ७१ हजार सात वटा पीसीआर परीक्षण भइसकेको छ ।

देशका विभिन्न अस्पतालबाट २८८ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ३५० जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६६ हजार ३३६ जना पुगेको छ ।

नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.२९ मा उक्लेकाे छ ।

पछिल्लो चौबीस घण्टामा दुईजनाकाे मृत्यु भएकाे मन्त्रालयले उल्लेख गरेको छ ।

याेसँगै दुई हजार २९ जना सङ्क्रमितकाे मृत्यु भएकाे छ ।

हाल दुई हजार ५९४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने दुई हजार ५९४ जना आइसोलेशनमा छन् ।

यस्तै काठमाडाैं उपत्यकामा ६८ जना सङ्क्रमित भएका छन् ।

काठमाडाैं जिल्लामा ६०, ललितपुरमा छजना र भक्तपुरमा दुई सङ्क्रमित भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।