काठमाडौंमै युएईको दुतावास

काठमाडौं— संयुक्त अरब इमिरेट्स (युएई) ले आज मंगलबारदेखि राजदूतस्तरमा दूतावास स्थापना गरेर प्रवेशाज्ञा लगायत सेवा प्रवाह गर्ने भएको छ । दूतावास उद्घाटन तथा सेवा प्रारम्भ गर्न युएईका विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान आजै अपराह्न काठमाडौं आइपुगेका छन् । लाजिम्पाटमा स्थापना भएको दूतावास उद्घाटनअघि नेपाल र युएईबीच परराष्ट्रमन्त्री स्तरीय वार्ता समेत भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसाग युएईका विदेशमन्त्रीले आजै बेग्लाबेग्लै शिष्टाचार भेट गर्दैछन् । विदेशमन्त्री नाह्यान युएईका प्रथम संस्थापक राष्ट्राध्यक्ष एवम् अमिरका छोरा हुन् । दूतावास स्थापनासंगै युएईले सइद हमदान अल नाक्वीलाई नेपालका लागि राजदूतमा नियुक्त गरेको छ । नवनियुक्त राजदूत नाक्वीले राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरिसकेका छैनन् । नेपाल र युएईबीच २२ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । केही वर्षयता नेपाली श्रमिकका निम्ति युएई आकर्षक गन्तव्य बन्दै गएको छ । हाल उक्त मुलुकमा दुई लाखको हाराहारीमा नेपाली कार्यरत छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...