काठमाडौंमै युएईको दुतावास

काठमाडौं— संयुक्त अरब इमिरेट्स (युएई) ले आज मंगलबारदेखि राजदूतस्तरमा दूतावास स्थापना गरेर प्रवेशाज्ञा लगायत सेवा प्रवाह गर्ने भएको छ । दूतावास उद्घाटन तथा सेवा प्रारम्भ गर्न युएईका विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान आजै अपराह्न काठमाडौं आइपुगेका छन् । लाजिम्पाटमा स्थापना भएको दूतावास उद्घाटनअघि नेपाल र युएईबीच परराष्ट्रमन्त्री स्तरीय वार्ता समेत भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसाग युएईका विदेशमन्त्रीले आजै बेग्लाबेग्लै शिष्टाचार भेट गर्दैछन् । विदेशमन्त्री नाह्यान युएईका प्रथम संस्थापक राष्ट्राध्यक्ष एवम् अमिरका छोरा हुन् । दूतावास स्थापनासंगै युएईले सइद हमदान अल नाक्वीलाई नेपालका लागि राजदूतमा नियुक्त गरेको छ । नवनियुक्त राजदूत नाक्वीले राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरिसकेका छैनन् । नेपाल र युएईबीच २२ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । केही वर्षयता नेपाली श्रमिकका निम्ति युएई आकर्षक गन्तव्य बन्दै गएको छ । हाल उक्त मुलुकमा दुई लाखको हाराहारीमा नेपाली कार्यरत छन् ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...