म्यानमामा सेनाद्वारा एक वर्षको संकटकाल घोषणा

काठमाडौं- म्यानमामा प्रजातन्त्रबादी नेत्री आङसाङ सुकी लगायतका केही नेतालाई पक्राउ गरेको केही घण्टामा नै त्यहाँको सेनाले देशका विभिन्न भाग आफ्नो नियन्त्रणमा लिएर एक वर्षसम्मका लागि संकटकालको घोषणा गरेको छ ।
त्यहाँको सैनिक टेलिभिजनले एक वर्षसम्मका लागि संकटकालको घोषणा भएको उल्लेख गरेको बीबीसीले समाचारमा जनाएको छ ।
गत डिसेम्बरमा भएको निर्वाचनमा सुकीको पार्टी नेशनल लिग फर डोमोक्रेसीले स्पष्ट बहुमत ल्याए पनि सेनाले सो निर्वाचनमा धाँधली भएको भन्दै अस्वीकार गर्दै आएको थियो ।
त्यसअघि म्यानमाको सत्तारुड पार्टी नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङसाङ सुकी पक्राउ परेकी थिइन् ।
उक्त पार्टीका एक प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले उनी पक्राउ परेको जनाएको हो ।
म्यानमामा जननिर्वाचित सरकार र सैनिकबीच केही समयदेखि तनावा बढीरहेको अबस्थामा सेनाले सत्ता हातमा लिन यो कदम चालिएको हुन सक्ने अनुमान गरिएको छ ।
गत नोभेम्बरमा भएको निर्वाचनमा सुकीको पार्टीले सरकार गठनका लागि पर्याप्त मत प्राप्त गरेको भए पनि सेनाले भने सो जितलाई अस्वीकार गर्दै नक्कली भनेको थियो ।
म्यानमामा सन् २०११ सम्म सेनाले साशन गर्दै आएको र उहाँलाई लामो समयदेखि घरमै बन्दी बनाइएको थियो ।
नयाँ गठित तल्लो सदनको बैठक आज बस्ने तय भएको भए पनि सेनाले भने त्यसलाई रोक्न आग्रह गरेको थियो ।
म्यानमाको राजधानी तथा केही महत्वपूर्ण शहरहरुमा सडकमा सेना परिचालन गरिएको बीबीसीले जनाएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...