नेपाली पाठशाला कार्यदलको दोश्रो राष्ट्रिय सम्मेलन ७ फेब्रोवारीमा   

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
सिड्नी, अष्ट्रेलिया ।  एनआरएनए अष्ट्रेलियाको नेपाली पाठशाला कार्यदलको दोश्रो राष्ट्रिय सम्मेलन आउँदो ७ फेब्रोवारीका दिन दिउसो १२.३० बाट हुने एनआरएनए अष्ट्रेलियाले जनाएको छ । संस्थाका प्रवक्ता नन्द गुरुंगका अनुसार यहाँ रहेको दोश्रो र तेश्रो पुस्ताका बाबु नानिहरुलाई अतिरिक्त समयमा नेपाली भाषा सिकाउने उदेश्यले अष्ट्रेलियाका भिन्न भिन्न शहरहरु मा स्थापित भएर संचालनमा आइरहेका स्कुलहरु बीच अनुभब आदान प्रदान र सहकार्य सहित अगाडी बढ्नका लागि अघिल्लो पटक जस्तै यो सम्मेलनको आयोजना गरिएको हो । एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशब कंडेलले बर्ष भरि स्वयंसेवीको रुपमा पढाउने पाठ्यक्रम बनाउने र बिभिन्न तवरबाट प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिन र एक अर्काका अनुभब साट्न यो सम्मेलन प्रभाबकारी हुने बिश्वास लिएको बताए।
भाषासँग संस्कृति, पहिचान लगायतका सामाजिक, सांस्कृतिक, आत्मीय गौरवले प्रगाढ तादात्म्य गाँसेको हुन्छ  भन्ने बिश्वासका साथ संस्थाले कोभिडका कारण भर्चुवल रुपमा हुने यो सम्मेलनमा सहभागी हुन बिभिन्न स्टेट र शहरका स्कुल संचालक, अभिभाबक र संग्लग्न सबैलाई अनुरोध गरेको छ।  यस सम्बन्धि अन्य  जनाकारीका लागि  0430721877 / 0407080625 / schoolfoundation@nrn.org.au फोन या ईमेल गर्न वा तलको लिंकमा सहभागिताको लागि दर्ता गर्न अनुरोध गरिएको छ।
Registration link

थप जनाकारीका लागि टास्कफोर्ष संयोजक आङ् दावा शेर्पा – 0407080625 र सुदिप कार्की 0405 073 075 लाई सम्पर्क गर्न अनुरोध गरिन्छ।