नेपालमा सक्रिय संक्रमितहरुको संख्या २ हजार ३ सय ३५

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको ज्यान गएको छ ।

यसका साथै नेपालमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ३१ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितहरुको संख्या २ हजार ३ सय ३५ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार यो अवधिमा नेपालमा १ सय ४२ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा २ सय ६ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।

यसैगरी नेपालमा हालसम्म २ लाख ६७ हजार ६५ जना संक्रमणमुक्त भैसकेका छन् ।