सिनेमा हल खुलेपछिको पहिलो चलचित्र

कोरोना भाइरसको संक्रमणको जोखिमका कारण करिव नौ महिनासम्म बन्द भएका सिनेमा हलहरु केही साताअघि देखि पुन: खुलेका छन् । गत चैतमा लकडाउन प्रारम्भ हुनुअघि प्रदर्शनमा रहेका दुई नेपाली फिल्म आमा तथा सेन्टि भाइरसको प्रदर्शनसंगै फिल्म हलहरु खुलेका हुन् । यद्यपि, फिल्म हलमा दर्शकको उपस्थिति भने न्यून छ । यसैबीच अभिनेता शिव श्रेष्ठद्वारा निर्मित फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ सिनेमा हल खुलेपछि प्रदर्शन हुने पहिलो नयाँ फिल्म बन्ने भएको छ । यो फिल्म माघे संक्रान्तिको दिन अर्थात जनवरी १४ का दिनदेखि प्रदर्शन हुनेछ । फिल्मको हालै फस्र्ट लूक पोस्टर तथा गीत सार्वजनिक गरिएको छ । दिपेश सापकोटाद्वारा निर्देशित यो फिल्ममा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आङ तेम्बे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोङ, रेखा फागु, नरेन खड्का, ध्रुब कोइराला आदि कलाकारले अभिनय गरेका छन् । फिस्टेल मुभिजको ब्यानरमा बनेको यो फिल्मका निर्माता यशोदा राई र दिनेश दर्शनधारी हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर फिल्मका सह–निर्माताहरु हुन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...