‘प्रतिनिधिसभा ‘राजनीतिक अस्थिरताको खेल मैदान’ बन्न नदिन विघटन’ : प्रम ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालका प्रगति विवरण सार्वजनिक गर्नु भएको छ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनःनिर्माण सम्पन्न भएपछि आज उद्घाटनलगत्तै मूलचोकमा आयोजित कार्यक्रममा तीनवर्षे कार्यकालका प्रगति विवरण सार्वजनिक गर्दै उहाँले देश समृद्धिउन्मुख भएको बताउनुभयो ।
तीन वर्षदेखि संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गर्न नदिइएको र विसं २०७४ फागुनदेखि संसद्मा पेश भएका कैयौँ विधेयक छलफलमा नलगी अघि बढ्न नदिइएको दुःखेसो पोख्दै प्रधानमन्त्री ओलीले दुई तिहाइ नजीकको सरकारलाई काम गर्न नदिइएपछि ताजा जनादेशका लागि निर्वाचनमा जान प्रतिनिधिसभा विघटन गर्नुपरेको बताउनुभयो ।
‘विगत वर्ष दिनदेखि समयभन्दाअगावै निर्वाचनको बाटोमा हिँड्न नपरोस् भनेर अनेकौँ लाञ्छना सहेरै अप्ठ्यारो परिस्थितिलाई अन्यत्र मोड्ने प्रयास गरेको पनि हुँ, गठबन्धन सरकारको अर्को कुनै समूहले झैँ आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्रीविरुद्ध अचानक फौजदारी अभियोग वितरण गरी पृथक बाटोबाट सरकारमाथि हमला गर्ने र सके विस्थापन गर्ने बाटोमा हिँड्न तम्सिरहेका नेतालाई सम्झाउने र स्थितिलाई परिवर्तन गर्ने प्रयत्न मैले गत पुस ५ गते दिउँसो दुई बजेसम्म नै जारी राखेँ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रतिनिधिसभाको बाँकी कार्यकाल ‘राजनीतिक अस्थिरताको खेल मैदान’ बनाउन नदिनका लागि निर्वाचनमा जान उपयुक्त हुने उहाँले बताउनुभयो । प्रतिनिधिसभा विघटनको सिफारिसलाई संविधान विपरीत, जनादेशको अपहेलना, प्रतिगमन जस्ता आपत्तिजनक आरोप लगाइएकोप्रति प्रधानमन्त्री ओलीले दुःख प्रकट गर्नुभयो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...