अष्ट्रेलिया आइपुग्यो कोभिडको भ्याक्सिन

फेब्रोअरी २२ बाट खोपको सुरुवात
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
सिड्नी, अष्ट्रेलिया ।  फाइजर बायोन्टेक भ्याक्सिनलाई अष्ट्रेलियाको औषधि नियमन तथा अनुगमन गर्ने संस्था टिजीए (Therapeutic Goods Administration) ले अनुमति दिए संगै अष्ट्रेलियन सरकारले भ्याक्सिन निर्यात गर्ने र बितरण गर्ने योजना अनुरुप पहलो लटको खोप अष्ट्रेलिया आइपुगेको प्रधानमन्त्री स्कट मोरिसनले ट्वीट गर्दै तत्कालै जानकारी दिएका छन् । यसको पुष्टि गर्दै स्वास्थ मन्त्रि ग्रेग हन्टले पहिलो लटमा एक लाख ५२ हजार डोज आइपुगेको बताए, हन्टले सबै सुरक्षा मापदण्ड पुराएर सुरक्षित तबरले खोप अष्ट्रेलिया आइपुगेको र फेब्रोअरी २२ बाट खोपको सुरुवात गरिने बताएका छन्।
प्रतिव्यक्ति २ पटक लगाउनुपर्ने यो भ्याक्सिन १६ बर्ष वा त्यो भन्दा माथिका लागि मात्र अनुमति दिएको छ । अष्ट्रेलिया सरकारले भ्याक्सिन उत्पादन गर्ने विभिन्न कम्पनिहरु संग सम्झौता गरि यथेष्ट भ्याक्सिन सुरक्षित गरिसकेको छ। फाइजर द्वारा प्राप्त हुने कुल २० मिलियन भ्याक्सिन अब बिभिन्न चरणमा अष्ट्रेलिया आइपुग्ने छ । यसैगरी सरकारले प्राथमिकताका आधारमा विभिन्न चरणमा खोप लगाउने निर्णय गरेको छ । पहिलो चरणको करीब १४ लाख खोप क्वारेन्टाइन तथा बोर्डर सेवामा काम गरिरहेका कर्मचारीहरु, स्वास्थ्य, बृद्ध बृद्धा तथा अपांगहरुको हेरविचार गर्ने कर्मचारीलाई लगाइने छ । त्यसै गरि दोश्रो चरणको करिब १५ लाख डोज खोप ७० बर्ष भन्दा माथिका बृद्द-बृद्दाहरु, स्वस्थ क्षेत्रमा काम गरिरहेका अन्य कर्मचारीहरु, ५५ बर्ष माथीका यहाँका आदिवासीहरु तथा आइलेण्डरहरु, स्वास्थ्य स्थिति कम्जोर भएका तथा अपांग युवा/युवतीहरु, सेना, प्रहरी, आगलागी, आपतकालीन सेवा तथा मासु प्रोसेस गर्ने जस्ता सम्बेदनशिल तथा अति जोखिम युक्त क्षेत्रमा काम गर्ने कर्मचारीहरु लाई प्रदान गर्ने निर्णय सरकारले गरेको छ ।
तेश्रो चरणमा ५० बर्ष देखि ६९ बर्षका मानिसहरु, १८ बर्ष देखि ५४ बर्ष सम्मका यहाँका आदिवासी र आइलेण्डरहरु र अन्य बाँकि उच्च जोखिम युक्त क्षेत्रमा काम गर्नेहरु का लागि खोप दिईने बताइएको छ । बाँकि जनसंख्यालाई चौथो चरणमा भ्याक्सिन दिइने छ भने पाँचौ चरणमा १६ बर्ष भन्दा मुनिकालाई आबश्यक परेमा परेमा वा सिफारिश गरिएमा मात्र कोभिड-१९ खोप दिइने बताइएको छ । अबका एक बर्षमा सबैले यो  भ्याक्सिन लगाई सकिने पनि अधिकारिहरुले जनाएका छन्।