एनआरएनएको उद्धार तथा सहयोग कार्य जारी

काठमाडौं– कोभिड १९ को महामारीपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले उद्धार र सहयोगको काम जारी राखेको जनाएको छ ।
एनआरएनएले बिहिबार एउटा प्रेस विज्ञप्ती जारी गर्दै विश्वका ५० भन्दा बढी देशमा रहेका नेपालीहरुलाई प्रत्यक्ष रुपमा सहयोग गर्दै आएको जनाएको छ ।
संघले विदेशमा रहेका नेपालीहरुको सहयोगार्थ संयुक्त राष्ट्र संघका निकाय सम्म आफ्नो आवाजलाई बुलन्द गरेको थियो ।
सोही आवाजको कदर गर्दै मध्यपूर्वमा रहेका नेपाली श्रमिकहरुको उद्धारको लागि संघले सकृय रुपमा काम गर्दै आएको छ ।
कोरोना महामारीको चुनौतीकाबीच संघका सबै संयन्त्रहरु परिचालित गरिएका छन् ।
त्यसको जानकारी संघका पदाधिकारीहरुलाई बेला बेलामा दिइएको छ ।
श्रमिकहरुको उद्धारका बिषयमा बिभिन्न व्यक्तिहरुबाट सामाजिक संजालमा आएका विभिन्न खाले कुराप्रति संघको गम्भिर ध्यानाकर्षण भएको छ ।
राहात तथा उद्धारको लागि भएका खर्चहरु पारदर्शि होस भनेर सचिवालमा छुट्टै संयन्त्र राखिएको छ र जसको सुपरिवेक्षण गर्नका लागि अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको निर्णय अनुसार सचिव आरके शर्मा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठ र महिला संयोजक भोमा देवी लिम्बु भएको ३ जनाको समिति गठन गरिएको छ ।
उक्त समितिले प्रत्येक राष्ट्रिय समन्वय परिषदमा एक उपसमिति मार्फत अनुगमनको तयारी गरेको छ ।
साथै संघले यस कार्यक्रमको समग्र रुपमा स्वतन्त्र लेखापरीक्षण गराउने कार्यका लागि प्रक्रिया समेत अगाडि बढाईसकेको कुरा समेत सहर्ष जानकारी गराउँदछौं ।
विदेशमा रहेका नेपालीहरुको राहत तथा उद्धार प्रकृया अझै जारी रहेकाले सम्पूर्ण आर्थिक विवरणहरुको अभिलेख राख्नेक्रम जारी रहेको बेलामा आएका विभिन्न खाले टिकाटिप्णीहरु प्रति संघ संवेदनशील छ ।
राहत तथा उद्धारका क्रममा कुनै कमिकमजोरी भेटिएको र आर्थिक हिनामिनामा कुनै व्यक्ति संलग्न भएको देखिएमा कानून बमोजिम कारवाहीको प्रकृया अघि बढाइने छ ।
त्यसैले कुनै पनि भ्रममा नपरि संघले जारी राखेको उद्धार प्रकृयामा सहयोग गर्न आग्रह गर्दछौं ।
हाल सम्म मध्यपूर्वका बिभिन्न देशबाट १६५ जनाले हवाई टिकट सेवा, २४५ जनालाई पिसिआर सेवा, ४५३ जनालाई विभिन्न प्रकारका कानुनी परामर्श सेवा, २७१३ जनालाई गन्तब्य मुलुकहरुमा खाना तथा बासको ब्यवस्था, २४९ जनालाई पुनःरोजगारीमा फर्काउनका लागि आवश्यक सहयोग एवं समन्वय, ३४७९ जनालाई दुतावाससंग सम्बन्धित विभिन्न प्रकारका कागजी प्रक्रिया तथा अन्य आवश्यक कुराहरुमा समन्वयात्मक सहयोग पु९याईएको छ ।
साथै नेपालमा आईसकेपछि समेत अति आवश्यक भएका नेपाली श्रमिकहरु ९५७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आआफ्नो घर सम्म जानका लागि यातायात खर्च समेत सहयोग प्रदान गरिएको छ र प्रदेश १, २ र ७ का विभिन्न १४ वटा स्वास्थ्य संस्थाहरुका कोरोना क्वारेन्टिन सेन्टरहरुका लागि विभिन्न प्रकारका मेडिकल सामग्रीहरु समेत प्रदान गरिएको छ ।
साथै दातृसंस्थाको सहकार्यमा मलेशियाका जेलमा रहेका १७ जना र अन्य एक जना गरी १८ जना नेपाली कामदारहरुलाई नेपाल फर्काउन सकिएको छ ।
ती १८ जना ब्यक्तिहरु ज्यादै समस्यामा रहेका र धेरै बर्षदेखि मलेशियाका जेलमा समेत रहेको अवस्थामा एनआरएनएले सकुशल नेपाल फिर्ता गराएर परिवारको जिम्मा लगाएको छ ।

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...