सिड्नीमा अन्तर्राष्ट्रिय नारी दिवश मनाइयो 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, फाल्गुन २४, २०७७

बिगतका बर्षहरुमा जस्तै यस पटक पनि नारी निकुन्ज अष्ट्रेलियाले अन्तर्राष्ट्रिय नारी दिवश जानकारी र चेतना मुलक  कार्यक्रम सहित मनाएको छ ।  अन्तराष्ट्रिय नारी दिबसको यो पटकको थिम चूज टू च्यालेन्ज हो, यसैलाई केन्द्रमै राखेर नारी निकुन्ज अष्ट्रेलियाले हाम्रो समाजमा अझै पनि बिशेष गरि ग्रामिण बिध्यमान  महिलाको महिनावारी प्रति समाजमा देखिन परम्परागत सोच र यस समयमा महिलामा हुन सक्ने बिबिध स्वास्थ समस्याका जनचेतना मुलक अभियानमा सार्थकता होस् भन्ने हेतु यसैको सेरोफेरोमा यस पटकको नारी दिबस मनाइएको नारी निकुन्ज अष्ट्रेलियाकी राष्ट्रिय संयोजक सन्ध्याले शाह बताईन् ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालको प्रमुख आतीथ्यमा सम्पन्न भएको सो कार्यक्रममा एनएसडब्लुका महाबाणिज्यदूत दिपक खड्का सहित एनआरएनका केन्द्रिय उपाध्यक्ष मन केसी, आइसीसी महिला संयोजक भूमा लिम्बू, ओसियना क्षेत्रिय संयोजक होम पाण्डे, ओसियना क्षेत्रिय महिला संयोजक जानकी पौडेल, एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कँडेल, महासचिव ज्ञानेन्द्र रेग्मी, उपाध्यक्ष देव गुरूङ, कोषाध्यक्ष अनिल पोखरेल, प्रवक्ता नन्द गुरूङ, एनआरएनएको अभियन्ता एबम पुर्ब केन्द्रिय प्रबक्त्ता रन्जु थापा, एनआरएनए पुर्ब अध्यक्ष सुरेन्द्र सिग्देल, ओएनएफका अध्यक्ष रमेश पाण्डे लगाएतका व्यक्तित्वहरु अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । यसै गरि कार्यक्रममा नारी निकुञ्ज अष्ट्रेलियाका सदस्यहरु र  समुदायका सदस्यहरु को बाक्लो उपस्थिति थियो।

प्रमुख अथितिको रुपमा कायर्क्रमलाई सम्बोधन गर्दै माहामहिम राजदुत  महेशराज दाहालले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आयोजित र यसको बिषय बस्तुले देश प्रतिको माया कर्तव्यबोध भएको भन्दै कार्यक्रमको थिम आफैमा महिला शसक्तिकरणको लागि एक्यबद्दता भएको बिचार व्यक्त गरे। कार्यक्रम अन्य अतिथिहरु ले नारी निकुञ्ज अष्ट्रेलियाले बिगत देखि गर्दै अष्ट्रेलियाको नेपाली समुदाय र नेपाल सम्म गरेका परोपकारी कार्यको प्रसंसा गर्दै कोभीडको लामो समयको अन्तर पछि यसरि भेटघाट साथी कार्यक्रम मनाउन पाउँदा खुशी ब्यक्त गर्दै अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना साटासाट गरे।

नारी निकुन्ज अष्ट्रेलियाकी स्वीकृती भट्टले सञ्चालन गरेको कार्यक्रममा बिभिन्न संस्कृतिक प्रहसनले अझ उल्लासमय बनाएको थियो।  कार्यक्रम समाप्ति संगै नारी निकुन्ज अष्ट्रेलियाकी राष्ट्रिय संयोजक सन्ध्या शाहले सामाजिक संजाल मार्फत कार्यक्रम सफल बनाउने उपस्थिति सबैलाई धन्यबाद दिदै भविष्यमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको बताइन्।