२६१५ को परीक्षण, ५९ मा संक्रमण पुष्टि

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपालमा कोरोना भाइरसका ५९ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा दुई हजार ६१५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले थपिएका संक्रमितसँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या दुई लाख ७४ हजार ८६९ पुगेको जनाउनु भयो ।

पछिल्लो चौबीस घण्टामा ६० जना संक्रमित निको भएका छन् ।

हालसम्म दुई लाख ७० हजार ९८७ जना संक्रमित निको भएका हुन् ।

संक्रमित निको हुने दर ९८.६ प्रतिशत पुगेको छ ।

हालसम्म २१ लाख ९९ हजार ९५० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हाल ८ सय ७० जनामा भाइरसको संक्रम सक्रिय छ भने ५६ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना भाइरसको संक्रमणबाट तीन हजार १२ जनाको मृत्यु भएको छ ।