उपत्यकामा ५३ सहित देशभर ९४ जनामा कोरोना संक्रमण

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ७८१ पिसिआर परीक्षण गरिएको थियो ।

नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ५१८ पुगेको छ ।

यस्तै, नेपालमा ५५ जना निको भएको जनाएको छ ।

हालसम्म निको भएकाको संख्या दुई लाख ७१ हजार ५५० पुगेको छ ।

मन्त्रालयले हाल ९५४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ५३ जना संक्रमित थपिएका छन् ।

जसअनुसार भक्तपुरमा ११, ललितपुरमा १३ र काठमाडौं जिल्लामा २९ सहित ५३ थपिएका हुन् ।