थप १०७ मा कोरोना भाइरस सङ्क्रमण

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार २५४ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो समय कारोनाका कारण एक जनाको मृत्यु भएको छ ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ६२५ पुगेको छ ।

त्यस्तै पछिल्लो समय थप १०७ जना निको भएका छन् ।

योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७१ हजार ६१० रहेको छ ।

निको हुने दर भने ९८ दशमलव ५ प्रतिशत रहेको छ ।

अहिले देशभर एक हजार सक्रिय सङ्क्रमित छन् ।

उनीहरुमध्ये ५२ जना क्वारेन्टिनमा रहेका छन् ।

अन्य आइसोलेशनमा रहेका छन् ।

हालसम्म नेपालमा २२ लाख २७ हजार ५४७ को पिसिआर परीक्षण भएको छ ।

हालसम्मा तीन हजार १५ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।