‘संक्रमण दर बढ्दै गए पुन : लकडाउनको स्थिति आउनसक्छ’

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण दर बढ्दै गए पुन: लकडाउनको स्थिति आउन सक्ने चेतावनी दिएको छ ।
नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मानिसहरुले अनावश्यक भिडभाड, मास्क नलगाउनु, सामाजिक दुरी कायम नगर्नु, भेटघाट तथा गोष्ठी बढ्नुले संक्रमितको संख्या बढ्दै गएको भन्दै पुन लकडाउनको परिस्थित आउन सक्नेतर्फ सचेत गराउनु भएको हो ।
उहाँले भन्नुभयो– ‘लडकाउन गर्नु नेपाल सरकारको उद्देश्य होइन तर सरकारले परिस्थित अनुसार नीतिगत निर्णय गरेर संक्रमणको चक्र रोक्नु पर्ने हुन्छ र संक्रमणलाई भयावह रुपमा फैलिन नदिन सजग हुनुपर्छ ।’
उहाँले आउँदै गरेको होली घरमै बसेर मनाउन र अनावश्यक भिडभाड नगर्न पनि आग्रह गर्नुभएको छ ।
मन्त्रालयले भारतमा बढेको संक्रमणको प्रभाव नेपालमा पनि पर्ने र आगामी दिनमा नेपालमा पनि संक्रमण दर बढ्न सक्ने भएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ ।
यसैबीच नेपालमा कोरोना भाइरसका १ सय ४५ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ९ सय ६३ जनाको परीक्षण भएकोमा १ सय ४५ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
सोही अवधिमा ९० जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ३ सय ८९ पुगेको छ ।
हालसम्म दुई लाख ७२ हजार १ सय ८७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल एक हजार १ सय ८२ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो चौबीस घण्टामा थप एक जनाको मृत्यु भएको छ ।
हालसम्म तीन हजार २० जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...