नेपाल थ्री नेशन्स कपको च्याम्पियन

काठमाडौं- नेपाल ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
उपाधिको लागि भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल प्रतियोगिताको उपाधि जितेको हो ।
नेपालले ३७ वर्षपछि घरेलु मैदानमा ट्रफी उचाल्न सफल भयो ।
सन् १९९९ मा दक्षिण एशियाली फुटबल प्रतियोगितामा नेपाललाई हराएर बङ्गलादेशले ट्रफी उचालेको थियो ।
उक्त हारको बदला समेत नेपालले पुरा गरेको छ ।
प्रतियोगिताको ट्रफीसँगै नेपाल पाँच हजार अमेरिकी डलर पुरस्कारबाट पुरस्कृत भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङशालामा सम्पन्न खेलमा नेपालका लागि सञ्जोग राई र विशाल राईले एक एक गोल गर्नुभयो ।
सञ्जोगले १८ औं मिनेटमा पहिलो गोल गर्दै १–० को सुरुवाती अग्रता दिलाउनुभयो ।
सञ्जोग अन्तर्राष्ट्रिय स्पर्धामा आफ्नो पहिलो गोल समेत पुरा गर्नुभयो ।
थ्री नेशन्स कप फुटबल प्रतियोगितामै सञ्जोगले डेब्यु गर्नुभएको छ । सुनिल बलको कर्नरमा सञ्जोगले डी बक्सभित्रबाट गर्नुभएको प्रहार गोलमा परिणत भयो ।
सञ्जोगकै गोलबाट नेपालले अन्तर्राष्ट्रिय स्पर्धामा गोलको खडेरीको समेत अन्त्य गर्न पुग्यो । लगातार आठ खेलपछि नेपालका लागि सञ्जोगले बङ्गलादेश बिरुद्ध पहिलो गोल गर्न सफल हुनुभयो ।
विश्वकप २०२२ फुटबल छनौट प्रतियोगितामा चाइनिज ताइपेइ बिरुद्ध नेपालले २–० ले हराए यता कुनै गोल गर्न सकेको थिएन ।
त्यसअघि, १७ औं मिनेटमा डिफेन्डर अनन्त तामाङको हेडरलाई बङ्गलादेशका अनिसुर रहमानले बचाउनुभयो ।
१३ औं मिनेटमा सुनिल बलको क्रसमा त्रिदेव गुरुङले नियन्त्रणमा लिन नसक्दा बङ्गलादेशका डिफेन्डरले क्लियर गरी नेपाललाई सुरुवाती अग्रता बनाउनबाट रोक्नुभयो ।
४२ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पार्नुभयो ।
रञ्जित धिमालको पासमा सञ्जोगले विशाललाई पास गर्दा उत्कृष्ट अन्त्य दिनुभयो ।
पहिलो हाफमा २–० ले पछाडि परेको बङ्गलादेश खेलको उत्तराद्र्धतिर आक्रामक खेलेको थियो ।
८२ औं मिनेटमा बङ्गलादेशले पहिलो गोल गर्दै खेल अन्तरलाई कम पार्यो ।
८१ औं मिनेटमा विशाल राईलाई छीरिङ्ग गुरुङले बिस्थापित गरिरहँदा नेपाली खेलाडी पूर्णरुपमा तयार समेत नभएको अवस्थामा बङ्गलादेशले सही सदुपयोग गर्दै गोल गर्न पुग्यो ।
८७ औं मिनेटमा बङ्गलादेशका कप्तानले गर्नुभएको प्रहार गोलकिपर किरणकुमार लिम्बुले गोल हुनबाट रोक्नुभयो ।
बिराजको सन्यास
लामो समयपछि नेपालको राष्ट्रिय प्रतियोगितामा पुनरागमन गर्नुभएका बिराज महर्जन खेल सकिन एक मिनेट मात्रै बाँकी रहँदा मैदानमा उत्रिनुभयो ।
सबैभन्दा बढी अन्तर्राष्ट्रिय स्पर्धामा नेपालको प्रतिनिधित्व गर्नुभएको बिराजको यो अन्तिम अन्तर्राष्ट्रिय स्पर्धा हुन पुग्यो ।
बिराजले नेपालका लागि ७४ अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी भएर फुटबल जिवनबाट सन्यास लिनुभएको हो ।
चार खेलाडीको डेब्यु
थ्री नेशन्स कप प्रतियोगितामै नेपालका चार जना खेलाडीले अन्तर्राष्ट्रिय स्पर्धामा डेब्यु गर्नुभएको छ ।
सञ्जोग राई र त्रिदेब गुरुङ पहिलो रोजाईमा पर्दै डेब्यु गर्नुभएको थियो ।
दुबैजनाले किर्गिस्तान बिरुद्धकै खेलमा डेब्यु गर्नुभएको थियो ।
निशान खड्का भने बङ्गलादेश बिरुद्धको खेलबाट नेपालको राष्ट्रिय फुटबल टोलीको पहिलो पटक प्रतिनिधित्व गर्नुभयो ।
फाइनलमा छिरिङ्ग गुरुङ्गले ८१ औं मिनेटमा विशाल राईलाई बिस्थापित गर्दा यसै प्रतियोगितामा डेब्यु गर्नुहुने उहाँ चौथो खेलाडी बन्नुभयो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



