नेपाली दुताबासको डिजाइन नेपाली इन्जिनियरहरु ले गर्ने 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, चैत्र १९, २०७७

नेपाली दुताबासले क्यानबेरामा आफ्नै भवन निर्माण गर्ने बहुप्रतिक्षित योजना अब निर्माण कार्यान्वनको नजिक पुगेको छ । भवनको लागि सम्पूर्ण आर्किटेक्चर र इञ्जिनियरिङ्ग डिजाइन जिम्मा नेपाली युवा इन्जिनियरहरु को समुह फ्युजन इञ्जिनियरिङ्ग सर्भिसेसले पाएको छ ।  यसै संगै भवन निर्माण अब अर्को चरणमा प्रवेश गरेको छ भने नेपाली मुलका इन्जिनियरहरु ले पाएको यो अवसरले दुताबास भवन नेपालीपन सहितको बन्ने सबैको बिश्वास छ।

दुताबास भवन बन्दै गर्दा भवनको स्वरुप कस्तो हुने भन्ने कुरा सर्बाधिक महत्वको कुरा हो, यसको लागि दुताबासले विश्वभरका  कम्पनिहरु संग खुल्ला  QCBS Global टेन्डर आह्वान गरेको थियो । जस्मा १७ वटा कम्पनिले टेण्डर हालेका थिए , उत्कृष्ट ५ मध्येका  सबैलाई उछिन्दै  फ्युजन  इञ्जिनियरिङ्ग सर्भिसेस छनोटमा पर्न सफल रहयो । यसै संगै हालै नेपाली दुताबास क्यानबेरा र फ्युजन  इञ्जिनियरिङ्ग सर्भिसेस बिच एक सम्झौता पत्रमा हस्ताक्षर भइ सकेको छ।
फ्युजन  इञ्जिनियरिङ्ग सर्भिसेसका डाइरेक्टर अरुण श्रेष्ठले आफ्नो कम्पनि यो QCBS Global टेन्डरबाट छनोट भइ आज सम्झौता पत्रमा हस्ताक्षर पछि द नेपाली टाईम्स अष्ट्रेलिया संगको कुराकानीमा आफुलाई निकै गर्बको अनुभूति भएको विचार व्यक्त गरे । आफु जस्तै नेपालमा पढेर आएका इन्जिनियरहरुले सुरु गरेको र नेपालमा इन्जियारिंग पढेका करिब २ दर्जन इन्जिनियरहरु आबद्द यस कम्पनिले यस पटक यो प्रोजेक्टलाई काम र पैसा संग जोडेर होइन नेपालीपन र नेपाली भावनालाई प्रबास मै रहदै गर्दा पनि केहि गर्ने अवसरको रुपमा लिएको उनले बताए ।  श्रेष्ठले अगाडी भने “पैसा कामाउनको लागि यो भन्दा सहज नाफामुलक धेरै प्रोजेक्टहरुमा काम गरियो तर प्रतिष्पर्धा मै उत्रिएर सबै भन्दा सस्तो शुल्क लिएर यो सेवा दिने अबसर प्राप्त भएको छ यसले मलाई देशको सर्बाधिक प्रतिष्ठित पुल्चोक इञ्जिनियरिङ्ग क्याम्पसबाट पढाइ सकेर त्यो शिक्षा देशको लागि उपयोग गर्न पाइन् भन्ने संकोच अलकति भए पनि पुरा गर्ने पाउने अबसरको रुम मैले लिएको छु।”
अब बन्ने दुताबासको भवन ६१९८ स्कवायर मिटर क्षेत्रफलमा फैलिएको छ भने भवनको क्षेत्रफल मात्रै २००० स्कवायर मिटरको हुनेछ।
यस सम्झौता संगै  फ्युजन इञ्जिनियरिङ्ग सर्भिसेसले कम्पनि भित्र र बाहिरको दक्ष जनशक्ति प्रयोग गर्दै  Chancery Block, Ambassador’s Residence, Diplomat’s Residence, Visa Section, Security Block सहित दुताबासको सम्पूर्ण आर्किटेक्चर र इञ्जिनियरिङ्ग डिजाइन गर्नेछ। यसै संगै बन्ने भवनको टेन्डर डकुमेन्ट बनाउने, परेका बिल्डरका टेन्डरबाट उत्कृष्ट बिल्डर छनोट गरि दुताबासलाई छनोटको लागि रिकमेण्ड पनि गर्नेछ।
के हो फ्युजन इञ्जिनियरिङ्ग सर्भिसेस 
फ्युजन इञ्जिनियरिङ्ग सर्भिस सात बर्ष अगाडी नेपाली इन्जिनियरहरु ले स्थापना गरेको इञ्जिनियरिङ्ग कम्पनि हो । हाल यसको मुख्य कार्यलय सिड्नीमा र शाखा कार्यालय मेलबर्नमा छ भने अफसोर सपोर्टको रुपमा नेपालमा समेत कार्यालय रहेको छ ।  यस कम्पनिमा हाल २ दर्जन इन्जिनियरहरु कार्यरत छन् ।  अष्ट्रेलियामा दर्ता भएर अष्ट्रेलियाका सबै नियमहरु पालना गर्दै  QCBS ग्लोबल टेन्डरमा प्रतिस्पर्धा गर्ने हैसियतमा यो कम्पनि पुगी सकेको छ। कम्पनिले रेसिडेन्टल भवन निर्माणका लागि स्ट्रक्चरल डिजाइन, सिभिल डिजाइन, स्ट्रोमवाटर ड्रेनेज डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट जस्ता कुराहरु मा गुणस्तरीय सुबिधा दिदै आएको छ।
बिगत सात बर्षको दौरान एक तले घर देखि ५६ वटा अपार्टमेन्टका प्रोजेक्ट सहित  साना ठुला करिब चार हजार पाँच सय भन्दा धेरै भिन्न भिन्न काम गरेको अनुभब कम्पनिले बटुली  सकेको छ । यस कम्पनि सम्बन्धि थप जानकारी https://fusionengineering.com.au/ बाट पाउन सकिनेछ।