प्रियंकाको अर्को सफलता

बलिउड अभिनेत्री प्रियंका चोपडाले एकपछि अर्को गर्दै सफलता हासिल गर्ने क्रम जारी छ । बलिउडमा अत्यधिक सफलता हासिल गरेपछि हलिउडतर्फ आकर्षित भएकी प्रियंकाले त्यहाँ पनि आफूलाई अब्बल बनाउने सम्भावना देखाएकी छिन् । यतिबेला प्रियंकालाई विश्वप्रसिद्ध म्यागेजिन ‘टाइम’ ले आफ्नो कभर पेजमा प्रस्तुत गर्ने निर्णय गरेको छ । टाइम म्यागेजिनमार्फत नै विश्वका १ सय प्रभावशाली व्यक्तिको सूचीमा पर्न सफल प्रियंकालाई म्यागेजिनको कभरमै राख्ने निर्णयले अधिकांशलाई आश्चर्यमा पारेको छ । त्यसो त भारतीय खेलाडी सानिया मिर्जा पनि उक्त सूचीमा परेकी छिन् जबकी पूर्व अनुमान गरिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने उक्त सूचमिा अटाएका छैनन् । ‘क्वान्टिको’ मार्फत हलिउडमा प्रवेश गरेकी प्रियंका यतिबेला ‘बेवाच’ मा सक्रिय छिन् । ‘टाइम’ को सूचीमा पर्नेबित्तिकै प्रियंकाले ट्विटरमा– ‘दिनको योभन्दा उत्कृष्ट सुरुवात अरू हुन सक्दैन । टाइमको १ सय प्रभावशाली व्यक्तिमा पर्न सफल हुनुले गौरवान्वित महसुस गर्छु, साथै आफूलाई भाग्यमानी पनि मान्छु’ लेखेकी थिइन् ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...