प्रियंकाको अर्को सफलता

बलिउड अभिनेत्री प्रियंका चोपडाले एकपछि अर्को गर्दै सफलता हासिल गर्ने क्रम जारी छ । बलिउडमा अत्यधिक सफलता हासिल गरेपछि हलिउडतर्फ आकर्षित भएकी प्रियंकाले त्यहाँ पनि आफूलाई अब्बल बनाउने सम्भावना देखाएकी छिन् । यतिबेला प्रियंकालाई विश्वप्रसिद्ध म्यागेजिन ‘टाइम’ ले आफ्नो कभर पेजमा प्रस्तुत गर्ने निर्णय गरेको छ । टाइम म्यागेजिनमार्फत नै विश्वका १ सय प्रभावशाली व्यक्तिको सूचीमा पर्न सफल प्रियंकालाई म्यागेजिनको कभरमै राख्ने निर्णयले अधिकांशलाई आश्चर्यमा पारेको छ । त्यसो त भारतीय खेलाडी सानिया मिर्जा पनि उक्त सूचीमा परेकी छिन् जबकी पूर्व अनुमान गरिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने उक्त सूचमिा अटाएका छैनन् । ‘क्वान्टिको’ मार्फत हलिउडमा प्रवेश गरेकी प्रियंका यतिबेला ‘बेवाच’ मा सक्रिय छिन् । ‘टाइम’ को सूचीमा पर्नेबित्तिकै प्रियंकाले ट्विटरमा– ‘दिनको योभन्दा उत्कृष्ट सुरुवात अरू हुन सक्दैन । टाइमको १ सय प्रभावशाली व्यक्तिमा पर्न सफल हुनुले गौरवान्वित महसुस गर्छु, साथै आफूलाई भाग्यमानी पनि मान्छु’ लेखेकी थिइन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...