आज घोडेजात्रा मनाइँदै
काठमाडौं– चैत्र कृष्ण औंशीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइन्छ ।
यस पटक आज चैत २९ गते आइतबार घोडेजात्रा मनाइँदै छ ।
सहरका बालबच्चालाई दुःख दिन थालेपछि टुन्डी नामका राक्षसलाई टुँडिखेलमा गाडिएको र यसो गर्दा पनि दुःख दिन नछोडेपछि घोडाको टापले कुल्चाउने गरेको किंवदन्ती यो जात्रासँग सम्बन्धित छ ।
आज आइतबार बिहानै सेनाको क्याभलरी युनिटले धर्मपथमा रहेको जुद्धवारुणयन्त्र कार्यालय सामुन्नेको रेवन्त पीठ र नाट्येश्वरमा बलि दिएपछि उपत्यकामा यो जात्रा सुरु हुने परम्परा रहेको ओमबहालका भुवन शाक्यले बताउनुभयो ।
घोडाको टापले थिचेर राख्ने प्रचलनअनुसार टुँडिखेलमा उत्सवका रूपमा घोडेजात्रा हुँदै आएको हो ।
जानकारका अनुसार पहिले नेवार समुदायले यो जात्रा टुँडिखेलमा गर्दै आएका भए पनि सैनिक ब्यारेकको स्थापनासँगै जनरल भीमसेन थापाको पालादेखि नेपाली सेनाले घोडादौड, अश्वकला प्रदर्शन गरेर जात्रा मनाउन सुरु गरिएको हो ।
पाटनको बालकुमारीमा एउटा कानु घोडालाई हाहाहुहु गर्दै सहर डुलाएर यो जात्रा मनाउने चलन छ ।
यो जात्रालाई अब हरियो लसुन, छ्यापी, सागपातको स्वाद हराउँदै गएको सूचकका रूपमा पनि लिने गरिन्छ ।
टुँडिखेलमा जात्राको बढाइँ भएपछि फर्सी, लौका, सिमी, बोडी, घिरौँलालगायतका लहरे तरकारीको बीउ रोप्ने प्रचलन काठमाडौँ उपत्यकामा छ ।
घोडेजात्राका नेवार, तीजका महिला, सोह्रश्राद्धका ब्राह्मण र असार पन्ध्रका रोपारसँग यो दिन ठट्टा गर्ने समय हुन्न भनिन्छ ।
यसो भए पनि मदिरापान गरेर घोडेजात्रा मनाउन/हेर्न हिँडेकालाई ‘कता जान लागेको हो रु’ भनेर सोध्ने प्रचलन अझै छ ।
यसरी प्रश्न गर्दा घोडेजात्रा हेर्न हिँडेको व्यक्तिले ‘श्री ३ जङ्गबहादुरको घोडा किन्न हिँडेको हुँ’ भनेर जवाफ फर्काउने प्रचलनसमेत छ ।
पशुपति क्षेत्रमा भने यही जात्राको दिन बज्रेश्वरी र बच्छलेश्वरीको जात्रा गर्ने प्रचलन छ ।
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
Find sex tonight with hot females looking for action Looking for some fun...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...