यस्तो छ कला र पुष्कलको ‘मुसुमुसु हाँस…’

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– गायक पुष्कल शर्मा तथा गायिका कला लम्सालको नयाँ लोक दोहोरी गीत ‘मुसु मुसु हाँस…’ शुक्रवार सार्वजनिक भएको छ ।

गायिका कला लम्सालको यूट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

उक्त गीतका शब्दहरु शिव हमालले रचना गरेका हुन् भने एचबिएन किस्मतले उक्त गीतलाई संगीतबद्ध गरेका छन् ।

किस्मत नै उक्त गीतका संगीत संयोजक समेत हुन् ।

क्रान्ति केसीद्वारा निर्देशन गरिएको उक्त गीतको म्युजिक भिडियोमा पनि गायक पुष्कल तथा गायिका कलाले अभिनय तथा नृत्य गरेका छन् ।

अजय रेग्मीले उक्त भिडियो छायांकन गरेका हुन् ।