एनआरएनएद्वारा लालपूर्जासहित लाप्राक नमूना बस्ती हस्तान्तरण

गोरखा– गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक समारोहबीच लाप्राक नमूना बस्तीका घरहरु लालपूर्जा सहित धार्चे गाउँपालिकाका लाभग्राहिहरुलाई एक समारोह बीच हस्तान्तरण गर्नु भएको छ ।
साथै उहाँहरुले दाताहरुको नाम भएको शिलापत्रको अनावरण गर्नु भयो ।
२०७३ साल बैशाख १२ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा नेपाल सरकार सहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गैरआवासीय नेपाली संघवीच त्रिपक्षिय सम्झौता सम्पन्न भई नमूना बस्तीको निर्माण कार्य सुरु भएको थियो ।
विसं २०७२ साल वैशाख १२ गतेको विध्वंशकारी भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउंपालिका वडा नम्बर ४ मा गैरआवासीय नेपाली संघको प्रत्यक्ष सक्रियतामा ५ सय ७३ वटा नीजि आवास निर्माण सम्पन्न भएको हो ।
हस्तान्तरण समारोहमा धार्चे गाउपालिका वडा नं. ४ का अध्यक्ष राजु गुरुङले सहभागीहरुको सम्मानमा स्वागत मन्तब्य दिनु भयो ।
प्रमुख अतिथि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नमूना वस्ती हस्तान्तरण गर्न पाएकोमा नेपाल सरकारको तर्फबाट संघ तथा सहयोग गर्न हुने सम्पूर्ण गैरआवासीय नेपाली तथा संघ संस्थाहरुप्रति आभार प्रकट गर्नु भयो ।
उहाँले पूर्वधार बिकासको लागि प्राधिकरणले प्रति घर चार लाख अथवा २३ करोड रकम उपलब्ध गराउने बताउनु भयो ।
संघका अध्यक्ष कुमार पन्तले संघको अथक प्रयास र परिश्रमबाट यो बस्ति निर्माण भई हस्तान्तरण गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउँदै निर्माण गर्न भन्दा त्यसको सम्भार गर्न अझ कठिन र महत्वपूर्ण रहेको औंल्याउनु भयो ।
उहाँले बस्ती निर्माणमा सहयोग गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शहरी बिकास मन्त्रालय, गैरआवासीय नेपालीहरु, केयर नेपाल, नेपाली सेना, लाभग्राहिहरु र गाउंपालिका तथा बडा कार्यालय लगायत अन्य संघसंस्थाहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।
यसैगरि उहाँले प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा.शेष घले, संरक्षक तथा निवर्तमान अध्यक्ष भवन भट्ट र सल्लाहकार जमुना गुरुङ साथै परियोजना सह संयोजक श्याम तामाङ्गलाई पनि बिषेश धन्यवाद दिनु भयो ।
संघका उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाले झण्डै ५७ करोड ६६ लाख रुपैयाँको लागतमा निर्माण भएको बस्तीको लागि आर्थिक सहयोग गर्ने विश्वभर छरिएका गैरआवासीय नेपालीहरु, संघसंस्थाहरु लगायत नेपाल सरकार, स्थानीय सरकार, सम्पूर्ण दाता एवं अन्य रुपमा सहयोग गर्ने सहयोगी सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नु भयो ।
तीन नम्बर गणका गणपति, साहयक रथी, कुमार बाबु थापाले नेपाली सेना यस पुनर्निमाण कार्यमा सहभागी हुने अवसर पाएकोमा गौरवान्वीत भएको बताउँदै नेपाली सेनाले राष्ट्रिय निर्माणका विभिन्न काममा सहभागी रहँदै आएको जानकारी गराउनु भयो ।
कार्यक्रममा धार्चे गाउंपालिकाका अध्यक्ष सन्त बहादुर गुरुङले धन्यवाद मन्तब्य दिनुका साथै सहभागीहरुलाई मायाको चिनो दिनु भएको थियो ।
जग्गा धनिपूर्जा सहित नमूना बस्तीका घरहरु हस्तान्तरण गरेकोमा उहाँले नेपाल सरकार र गैरअवासीय नेपाली संघलाई हार्दिक धन्यवाद प्रकट गर्नु भयो ।
कार्यक्रममा माननीय हरिराज अधिकारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधिहरु, गाउंपालिकाका उपाध्यक्ष, पूल माया गुरुङ, सल्लाहकार एसि शेर्पा, उपाध्यक्षहरु डा. बद्री केसी र रवीना थापा, सचिव गौरीराज जोशी, युवा संयोजक हिमाल गुरुङ, एशिया प्रशान्तका क्षेत्रीय उपसंयोजक खगेन्द्र न्यौपाने, अमेरिकाजका क्षेत्रीय उपसंयोज राम चन्द्र पोखरेल, युरोपका क्षेत्रीय उपसंयोजक कृष्ण तिमिल्सिना, आइसिसि सदस्य चिन्तामणि सापकोटा, परियोजनासह संयोजक श्याम तामाङ्ग, तमूधि यूके प्रतिनिधि, कृष्ण गुरुङ लगायत विभिन्न मुलुकबाट आउनु भएका गैरआवासीय नेपालीहरु, संचारकर्मीहरु, स्थानीय जनप्रतिनिधिहरु, लाभग्राहीहरु लगायत स्थानीय जनताहरुको सहभागीता रहेको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



