नेपाललाई त्रिकोणात्मक शृंखलाको उपाधि

काठमाडौं- नेपालले काठमाडौंमा सम्पन्न त्रिकोणात्मक शृंखलाको उपाधि जितेको छ ।
कीर्तिपुर मैदानमा नेदरल्यान्ड्सलाई फाइनलमा १४२ रनले नेपालले उपाधि उचालेको थियो ।
नेपालले टी–२० अन्तर्राष्ट्रियमा हात पारेको यो सबैभन्दा ठूलो अन्तरको उपाधि समेत हो ।
यसअघि नेपालले २०१९ मंसिरमा भएको दक्षिण एसियाली खेलकुदमा भुटानमाथि १४१ रनको जित हात पारेको थियो ।
नेपालले घरेलु मैदानमा जितेको यो पहिलो त्रिकोणात्मक टी–२० शृंखला हो ।
सन् २०१० मा घरेलु मैदानमा आइसिसी विश्व क्रिकेट लिग डिभिजन–५ को उपाधि जितेपछि नेपालले जितेको यही नै पहिलो उपाधि हो ।
नेपालले सन् २०१९ पहिलो पटक युएईविरुद्धको तीन खेलको सिरिज २–१ ले जितेको थियो ।
शनिबार नेपालले दिएको २३९ रनको विशाल लक्ष्य पछ्याएको नेदल्यान्ड्स १७.२ ओभरमा ९६ रनमा अलआउट भयो ।
नेदरल्यान्ड्सका लागि म्याक्स ओ’डाउडले २० रन, कप्तान पिटर सीलारले १३ रन र सेबास्टियन ब्रातले नटआउट २६ रनमात्रै जोड्नसक्नुभयो ।
अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट हुनुभयो ।
बलिङमा नेपालका करण केसीले ३ विकेट लिनुभयो ।
यस्तै सन्दीप लामिछाने र कमलसिंह ऐरीले २–२ विकेट लिनुभयो । यस्तै अभिनास बोहराले १ विकेट हात पार्नुभयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३८ रन जोडेको थियो ।
यो नेपालको टी–२० अहिलेसम्मकै सर्वाधिक स्कोर हो । यसअघि भुटानविरुद्ध काठमाडौंमा भएको साग गेममा बनाएको २३६ रन नेपालको उच्च स्कोर थियो ।
नेपालका लागि ओपनर कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेल्नुभएको थियो । भुर्तेलले ५३ बलमा ७७ रन जोड्नेक्रममा ८ चौका र ३ छक्का प्रहार गर्नुभयो ।
जारी शृंखलामा कुशलको पहिलो चौथो अर्धशतक समेत हो ।
यसअघि उहाँले नेदरल्याण्ड्सका दुई तथा मलेसियासँगको एक खेलमा यसअघि उहाँले अर्धशतक हिर्कासकनुभएको थियो ।
नेपालका लागि उहाँ नेपालका लागि एकै सिरिजमा चार अर्धशतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बन्नुभयो ।
यस्तै कुशल मल्लले आक्रमक ब्याटिङ गर्दै नटआउट ५० रन जोड्नुभयो ।
उहाँले २४ बलमा २ चौका र ५ छक्कासहित अर्धसतक पूरा गर्नुभयो ।
उपकप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट ४८ रन जोड्नुभयो । उहाँले मात्र १८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै नेपाललाई विशाल योगफलसम्म पुऱ्याए ।
नेपालका कप्तान ज्ञानेन्द मल्लले ३३ रन जोड्दा ओपनिङ ब्याट्सम्यान आशिफ शेखले १६ रनको योगदान दिनुभयो ।
ज्ञानेन्द्रले १९ बलमा ३ चौका र २ छक्का हिर्काउनुभयो । यस्तै नेपालका आशिफ सेखले ८ बलमा १ चौका र २ छक्का प्रहार गर्नुभएको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपालका कुशल भुर्तेल हुनुभयो । नेपाल क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा नेपाल र नेदरल्याण्ड्ससँगै मलेसियाको सहभागिता थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



