नेपालमा चौबीस घण्टामा ३७ जना सङ्क्रमितको मृत्यु

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ७ हजार ३ सय ८८ जना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १६ हजार ६५८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार ३८८ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित तीन लाख ४३ हजार ४१८ पुगेको जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा ५१८ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ६० जनाको रिपोर्ट पोजिटिभ देखिएको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार २१ सङ्क्रमित कोरोनामुक्त भएको उल्लेख गरेको छ ।
हालसम्म दुई लाख ८६ हजार १५ जना कोरोनामुक्त भएका छन् ।
सङ्क्रमित संख्या बृद्धि हुनु र निको हुने कम हुँदा सङ्क्रमित निको हुने दर घटेर ८३।३ प्रतिशत भएको छ ।
हाल ५४ हजार ४१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ३७ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको उल्लेख गरेको छ ।
यो संख्या चौबीस घण्टामा पुष्टि भएका मृतकको अहिलेसम्मकै सबैभन्दा बढी हो ।
हालसम्म कोरोना सङ्क्रमणबाट तीन हजार ३६२ जनाको मृत्यु भएको छ ।
हाल २१२ जना क्वारेन्टिनमा र ५४ हजार ४१ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म २५ लाख २१ ह्जार १६४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...