उपत्यकामा थपिए तीन हजार ९२४ संक्रमित

काठमाडौं- नेपालमा कोरोना भाइरसका नौ हजार २३८ जना सङ्क्रमित थपिएका छन् ।
पछिल्लो चौबीस घण्टामा २० हजार ३६२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार २३८ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा ४२४ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ६७ जनामा पोजेटिभ पाइएको बताउनुभयो ।
पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमितको संख्या चार लाख २२ हजार ३४९ पुगेको छ ।
नेपालमा सक्रिय सङ्क्रमितको संख्या पहिलो पटक एक लाखभन्दामाथि पुगेको छ ।
प्रवक्ता डा. गौतमले हाल एक लाख एक लाख एक हजार ६३४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको बताउनुभयो ।
सङ्क्रमितको संख्या दैनिक वृद्धि हुँदै जाँदा र निको हुने संख्या कम हुँदा निको हुने दर ७४.९ प्रतिशत पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हाल एक हजार २४१ सङ्क्रमित हाल सघन उपचार कक्ष(आईसीयू)मा रहेका छन् ।
जसमध्ये २८५ जनालाई भेन्टिलेटरमा राखिएको छ ।
मन्त्रालयले उपत्यकाका तीन जिल्लामा तीन हजार ९२४ सङ्क्रमित थपिएको जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा काठमाडौंमा तीन हजार २५०, ललितपुरमा ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जना सङ्क्रमित थपिएका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...