उपत्यकामा थपिए तीन हजार ९२४ संक्रमित

काठमाडौं- नेपालमा कोरोना भाइरसका नौ हजार २३८ जना सङ्क्रमित थपिएका छन् ।
पछिल्लो चौबीस घण्टामा २० हजार ३६२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार २३८ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा ४२४ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ६७ जनामा पोजेटिभ पाइएको बताउनुभयो ।
पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमितको संख्या चार लाख २२ हजार ३४९ पुगेको छ ।
नेपालमा सक्रिय सङ्क्रमितको संख्या पहिलो पटक एक लाखभन्दामाथि पुगेको छ ।
प्रवक्ता डा. गौतमले हाल एक लाख एक लाख एक हजार ६३४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको बताउनुभयो ।
सङ्क्रमितको संख्या दैनिक वृद्धि हुँदै जाँदा र निको हुने संख्या कम हुँदा निको हुने दर ७४.९ प्रतिशत पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हाल एक हजार २४१ सङ्क्रमित हाल सघन उपचार कक्ष(आईसीयू)मा रहेका छन् ।
जसमध्ये २८५ जनालाई भेन्टिलेटरमा राखिएको छ ।
मन्त्रालयले उपत्यकाका तीन जिल्लामा तीन हजार ९२४ सङ्क्रमित थपिएको जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा काठमाडौंमा तीन हजार २५०, ललितपुरमा ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जना सङ्क्रमित थपिएका छन् ।

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...