केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ आज शुक्रबार हुनेछ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ ९२० अनुसार बहुमत दावी गरी सरकार गठनको आव्हान गरेको समयसीमाभित्र कसैको दावी पेश नभएपछि संसदमा ठूलो दलको हैसियतमा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

दफा ७६ (३) अनुसार उहाँले नियुक्ती पाएको एक महिनाभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्राबधान छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ-‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा ९३० बमोजिम प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरु भएको दल नेपाल कम्युनिष्ट पार्टी एमालेको संसदीय दलको नेता माननीय श्री केपी शर्मा ओलीज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’