आज थपिए ७३१६ सङ्क्रमित, ६६४८ कोरोनामुक्त

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- नेपालमा कोरोना भाइरसका सात हजार ३१६ सङ्क्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा १९ हजार ५३९ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा छ हजार ६४८ जना कोरोनामुक्त भएको जनाएको छ ।

सोही अबधिमा १४५ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।