अर्बन नेपाली समाजको अधिबेशन सम्पन्न – अध्यक्षमा रबिन्द्रकुमार शर्मा

अबर्न नेपाली समाजले यूवा ब्यबसायी रबिन्द्र कुमार शर्मालाई समाजको नयाँ अध्यक्षमा चयन गरेको छ । सिड्नीको दक्षिण पश्चिम कम्बरलेण्ड काउन्सिल अन्तर्गत पर्ने अबर्न नेपाली समुदायको बाक्लो उपस्थीति रहेको सबअर्ब हो । गत मे १६ का दिन अर्बन पार्कमा आयोजित बार्षिक साधारण सभाले शर्मालाई निर्बिरोध अध्यक्षमा चयन गरेको हो ।
लामो समय अष्ट्रेलियामा रही बाबा एजुकेशन कन्सल्टेन्सी र “आरकेएस अष्ट्रेलिया” मा आबद्ध रबिन्द्र कुमार शर्मा बिगतमा नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानको अध्यक्ष थिए र उनि यो भन्दा अघिल्लो अबर्न नेपाली समाजको कार्यसमितिमा इभेन्ट कोअर्डिनेटर भूमिकामा रहेका थिए ।प्रवासी जीवनको सम्पूर्ण उतार चढावलाई सहज सामना गर्ने एउटा “गुड सेन्स अफ ह्यूमर” भएका यूवा हुन् रबिन्द्र कुमार शर्मा । थुप्रै मानिसहरु बाट माया, प्रेम र प्रसंशा प्राप्त गर्ने सकारात्मक सोच र गतिशील बिचार भएका रबिन्द्रको नेतृत्वमा अर्बन नेपाली सामाजले बिगतमा गर्दै आएको सामाजिक काम थप उचाईमा पुग्ने अर्बनको सेरोफेरोमा बस्ने नेपाली समुदायले अपेक्षा गरेको छ ।
सिड्नीमा आयोजना हुने नेपाली चलचित्र होस या कुनै सांस्कृतिक कार्यक्रम नै किन नहोस, यस्ता कार्यक्रम तिर सदैब उपस्थिति हुदै मन देखी कै साथ अनि सहयोग गर्ने रबिन्द्रको बिशेषता पनि हो । उनलाई नजिकबाट चिन्नेहरू उनको बारेमा भन्छन “निकै जोशिला, उत्साही र जाँगरिला यूबक हुन रबिन्द्र । उनको कार्यकालमा अर्बन समाजले राम्रो फड्को मार्ने छ” ।
अर्बन यस्तो सबअर्ब हो जहाँ यातायात र सिटिको पहुँच सुबिधाका कारण थुप्रै नेपाली विद्यार्थीहरु बसोबास गर्दछन । आफ्नो मातृभूमि छोडेर अध्यनका सिलसिलामा अष्ट्रेलिया आउने विद्यार्थीहरु लाई सुरुका दिनहरु मा आबश्यक पर्ने मार्ग दर्शन गर्न अबर्न नेपाली समाज सधै तत्पर रहने जानकारी अध्यक्ष रबिन्द्र कुमार शर्माले नेपाली टाईम्स संगको कुराकानीमा बताए । अधिबेशनका निर्वाचन आयुक्त मनऋषि धितालले नयाँकार्यसमिति को घोषणा गरेका थिए भने संग संगै पुरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा एनआरएनए अभियन्ताहरुले नवनिर्बाचित कार्य समितिलाई कार्य सफलता शुभकामना दिएका थिए । हस्तान्तरण तथा शुभकामना आदानप्रदान कार्यक्रम समाजका महासचिब सन्तोष आचार्यले संचालन गरेका थिए ।
अर्बन समाजका अन्य पदाधिकारीहरु मा उपाध्यक्ष जितेन्द्र श्रेष्ठ र सबिन डाँगी, महासचिबमा सन्तोष आचार्य, सचिबमा राजेश टण्डन, कोषाध्यक्षमा तमन्ना शर्मा, महिला संयोजकमा सबला बस्नेत, यूबा संयोजकमा युद्दीका कुंबर चयन भएका छन। यसै गरि कार्यसमिति सदस्यहरूमा मनोज अधिकारी, भूपेन्द्र कंडेल,आयुष अधिकारी , निशान कार्की, धिरेनबहादुर थापा र दीपेन्द्र घिमिरे चयन भएका छन । समाजले सल्लाहकारहरू मा दिनेश कुमार पोखरेल, मनऋषि धिताल, रमेश बानियां, राजकुमार श्रेष्ठ, शशी राई र राजु गिरीलाई चयन गरेको छ । अर्बन नेपाली समाजले निबर्तमान अध्यक्ष अशोक उप्रेतीलाई संस्थाको संरक्षकको रूपमा चयन गरेको छ ।

ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



