२४ घण्टामा ६८९१ जना संक्रमणमुक्त

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार २ सय ३ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यो अवधिमा पीसीआर विधीबाट ८ हजार १ सय ३६ तथा एन्टिजेन विधिबाट ६७ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा २० हजार ९ सय ७९ जनाको परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ९६ जना संक्रमितको निधन भएको छ ।

त्यस्तै यो अवधिमा ६ हजार ८ सय ९१ जना संक्रमणमुक्त भएका छन् ।