विदेशी कुटनितिज्ञसंग प्रधानमन्त्री
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार संकटमा नरहेको स्पष्ट पार्नु भएको छ । काठमाडौस्थित कुटनीतिक नियोगका प्रतिनिधिहरुसंगको बुधवारको भेटमा प्रधानमन्त्री ओलीले नेपालको वर्तमान अवस्था दुरुस्त बुझ्न कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई आग्रह समेत गर्नु भएको छ ।
‘लोकतन्त्रमा सबै सरकार आवधिक नै हुन्छन्, वर्तमान सरकार संकटमा छैन’ प्रधानमन्त्री ओलीले लोकतान्त्रिक पद्धतिले नै आवधिक सरकारको व्यवस्था गरेपनि त्यसलाई गलत ब्याख्या गरेर सरकार संकटमा छ भन्ने सन्देश दिनु उपयुक्त नभएको बताउनु भयो ।
नेपालले १० वर्ष लामो सशस्त्र द्वन्द्वलाई पनि सफलतापूर्वक समाधान गरेको बताउँदै प्रधानमन्त्री ओलीले नेपालको वर्तमान अवस्थालाई जस्ताको तस्तै बुझ्न आग्रह गर्नु भयो । ‘संविधान कार्यान्वयन र आर्थिक विकासको उद्देश्यमा हामी स्पष्ट छौं’ प्रधानमन्त्री ओलीले वर्तमान अवस्थालाई जस्ताको तस्तै बुझ्न आग्रह गर्छु भन्दै कसैले पनि अन्यौल र दोधारमा रहनु जरुरी नभएको स्पष्ट पार्नु भयो ।
लोकतन्त्र र मानवअधिकारप्रति सरकार प्रतिबद्ध भएको बताउँदै प्रधानमन्त्री ओलीले स्वतन्त्रताका सीमाप्रति पनि सचेत हुनु पर्ने समेत बताउनु भयो । संविधानप्रतिका असन्तुष्टिहरुलाई संवादबाटै समाधान गर्न वार्ताको आह्वान गरिएको प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्रीले भन्नु भयो— ‘वार्ताका लागि वार्ता होइन, समाधानका लागि वार्ता भनेरै वार्ताको आह्वान गरेका छौं ।’
प्रधानमन्त्री ओलीले पुनर्निर्माण सामान्य काम नभएको बताउँदै दाताहरुले कबुल गरे अनुसारको रकम आउन थालेको जानकारी दिनु भयो । ‘पुनर्निर्माण सामान्य काम होइन, हामी यसमा पूरापुर लागेका छौं’ प्रधानमन्त्री ओलीले भन्नु भयो—‘कुटनितिज्ञहरुसंगको वचनवद्धता अनुसारको रकम पनि आउन थालेको छ , यसप्रति धन्यवाद दिन चाहन्छु ।’
कुटनीतिक ब्रिफिङमा परराष्ट्रमन्त्री कमल थापाले नेपालको पछिल्लो अवस्थावारे चर्चा गर्नु भएको थियो ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...